एभरेष्ट बैंकको बार्षिक साधारण सभा असोज ३० गते, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

एभरेष्ट बैंकको बार्षिक साधारण सभा असोज ३० गते, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • images
    images
    एभरेष्ट बैंकको बार्षिक साधारण सभा असोज ३० गते, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?
    images
    images

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले २९ औं बार्षिक साधारणसभा असोज ३० गते बोलाएको छ । 

    बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति र स्थान तय गरेको हो । सभा काठमाडौँको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा बिहान ११ बजे शुरु हुने बैंकले जनाएको छ ।

    बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीको सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

    सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आथिृक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

    सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com