दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, व्यापार घाटा कति ?

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, व्यापार घाटा कति ?

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • images
    images
    दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, व्यापार घाटा कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल रू दुई खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा रू दुई खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा व्यहोरेको छ ।

    विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो ।

    गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र रू एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा रू १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ । अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र रू एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ ।

    त्यस्तै, चीनबाट रू ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा रू ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ ।  गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब रू ४६ अर्ब बराबर हो ।

    नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ ।  साउन र भदौमा अमेरिकाबाट रू दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा रू तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा रू एक अर्ब १४ करोड बराबर हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com