दुई महिनामा वस्तु आयातमा बाहिरियो २ खर्ब ५९ अर्ब, व्यापार घाटा कति ?

दुई महिनामा वस्तु आयातमा बाहिरियो २ खर्ब ५९ अर्ब, व्यापार घाटा कति ?

दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात हुदाँ २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको हो ।

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • images
    images
    दुई महिनामा वस्तु आयातमा बाहिरियो २ खर्ब ५९ अर्ब, व्यापार घाटा कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा व्यापार घाटा समेत ४.७४ प्रतिशतले खुम्चिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको बैदेशिक व्यापार तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात हुदाँ २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको हो । 

    साउनमा एक खर्ब २९ अर्बको आयात भएकोमा भदौ महिनामा एक खर्ब ३० अर्ब रूपैयाँको आयात भएको हो। गत आर्थिक वर्ष २०७९/८० भदौको आधारमा भने आयात ५.०६ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको भदौसम्ममा दुई खर्ब ५९ अर्ब रूपैयाँको आयात भएको हो। गत वर्षको यही अवधिमा दुई खर्ब ७३ अर्ब रूपैयाँको आयात भएको थियो। 

    यस्तै, साउनमा १३ अर्ब रूपैयाँ बराबरको निर्यात भएकोमा भदौमा मात्रै १२ अर्ब ९१ करोड रूपैयाँको निर्यात भएको हो। गत आर्थिक वर्षको आधारमा भने भदौसम्ममा निर्यात ७.७९ प्रतिशतले घटेर २६ अर्ब ४४ करोडमा सीमित भएको छ। गत आर्थिक वर्ष भदौसम्ममा २८ अर्ब ६८ करोड रूपैयाँको निर्यात भएको थियो। 

    विभागका तथ्यांक अनुसार दुई महिनाको अवधिमा नेपालको अन्य मुलुकसँगको व्यापार घाटा २ खर्ब ३३ अर्ब रुपैयाँ छ । गत वर्षको यही अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब रुपैयाँ थियो । 

    यस्तै, अहिलेपनि नेपालको कुल व्यापारमा आयातको हिस्सा ९०.७६ प्रतिशत छ भने निर्यातको हिस्सा मात्रै ९.२४ प्रतिशत छ। जसअनुसार नेपालले एक रूपैयाँ बराबरको निर्यात गर्दा ९ रूपैयाँ भन्दा बढि रुपैयाँको आयात गर्छ। 

    यस्तो रह्यो भदौँ महिनाको वैदेशिक व्यापार

    आयात– २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार  (५.०६ प्रतिशत गिरावट)

    निर्यात– २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार  (७.७९ प्रतिशत गिरावट)

    व्यापार घाटा– २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार (४.७४ प्रतिशत गिरावट)

    कुल वैदेशिक व्यापार– २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख ३१ हजार  (५.३२ प्रतिशत गिरावट)

    आयात/निर्यात अनुपात– ९.८२ (२.९६ प्रतिशत वृद्धि)

    वैदेशिक व्यापारमा निर्यातको हिस्सा– ९.८६ (२.६१ प्रतिशत गिरावट)

    वैदेशिक व्यापारमा आयातको हिस्सा– ९०.५१ (०.२७ प्रतिशत वृद्धि)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com