सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायने अनुमति

सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायने अनुमति

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • images
    images
    सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायने अनुमति
    images
    images

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। 

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। 

    अब सिटिजन्स बैंकले ‘सिटिजन्स बैंक बन्ड–२०८०’ जारी गर्नेछ। बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। 

    कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। 

    यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्। सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com