नेष्डो समृद्ध लघुवित्तले लाभांश १७.९३४२ प्रतिशत लाभांश वितरण गर्ने, असोज २६ मा बोलायो साधारणसभा

नेष्डो समृद्ध लघुवित्तले लाभांश १७.९३४२ प्रतिशत लाभांश वितरण गर्ने, असोज २६ मा बोलायो साधारणसभा

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • नेष्डो समृद्ध लघुवित्तले लाभांश १७.९३४२ प्रतिशत लाभांश वितरण गर्ने, असोज २६ मा बोलायो साधारणसभा

    काठमाडौँ / आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित लाभांश पारित गर्ने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थााले साधारणसभा आह्वान गरेको छ । २९ भदौ शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २६ असोजमा पर्वतको कुश्मामा चौथो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

    images
    images

    साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १७.९३४२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण पारित गर्ने एजेण्डा रहेको कम्पनीले जनाएको छ ।

    यस्तै मर्जर तथा प्राम्ति सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सम्पत्री तथा दायित्वको मूल्यांकन प्रतिवेदन तयार गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने जस्ता प्रस्ताव पनि रहेको छ ।

    कम्पनीले साधारणसभा प्रयोजनाका लागि १७ असोजमा सेयरधनी दर्ता कितबा बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । कम्पनीले सुरुमा ५० प्रतिशत बोन सेयर र २३.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेपनि नेपाल राष्ट्र बैंकले रोकेपछि अदालत गएको थियो । तर, राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न अदालतको आदेशपछि कम्पनीले १७.९३ प्रतिशत नगद लाभांश मात्रै दिने भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय