नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

शुक्रवार, भदौ २९ २०८०
शुक्रवार, भदौ २९ २०८०
  • नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

    काठमाडौँ / नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ६२ हजार कित्ता संस्थापक शेयर भदौ २९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

    images
    images

    इच्छुक खरीदकर्ताहरूले असोज १२ गते अपराह्न २ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । यो शेयरको मूल्य प्रतिकित्ता ५३० रुपैयाँ तोकिएको छ ।

    बोलपत्र पेस गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते दिउँसो ३ बजे विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय