एक दिन पनि टिकेन सेयर बजारको उत्साह, बिक्रीकर्ता हाबी हुँदा नेप्सेमा उच्च गिरावट

एक दिन पनि टिकेन सेयर बजारको उत्साह, बिक्रीकर्ता हाबी हुँदा नेप्सेमा उच्च गिरावट

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • एक दिन पनि टिकेन सेयर बजारको उत्साह, बिक्रीकर्ता हाबी हुँदा नेप्सेमा उच्च गिरावट

    काठमाडौँ / सोमबार उच्च अङ्कले बढेको नेप्से परिसूचकमा मङ्गलबार नै गिरावट आएको छ । बिक्रीकर्ताको चाप उच्च हुँदा सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन ।आइतबारको तुलनामा सोमबार नेप्से ४४.३० अङ्क अर्थात २.२८ प्रतिशत बढेर १ हजार ९८६.९९ विन्दुमा पुगेकोमा आज मङ्गलबार भने १९.४२ अङ्क अर्थात ०.९७ प्रतिशतले घटेको छ । 

    images
    images

    नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको देखिन्छ । सोमबार १ अर्ब ५१ करोड भन्दा बढीको कारोबार भएको बजारमा आज भने १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आज कारोबार अवधिभर २७६ धितोपत्रको २६ हजार ३०२ पटकमा ३९ लाख १६ हजार १६१ कित्ता शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 
    यो दिन नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि २.५० अङ्क अर्थात ०.६५ प्रतिशतले घटेर ३७९.१४ अङ्कमा सीमित भएको छ । 

    आज म्युचुअल फण्ड बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी १.९८ प्रतिशतले घटेको छ भने फाइनान्स १.९२ प्रतिशत, विकास बैङ्क समूहको १.४४ प्रतिशत, वित्त र जीवन निर्जिवन बिमा समूहको १.४० प्रतिशत, हाइड्रो पावर समूहको १.५६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङको १.०८ प्रतिशत, जीवन बिमाको ०.९९ प्रतिशत, इन्भेस्टमेन्टको १.३१ प्रतिशत, व्यापारको ०.७८, अन्यको ०.२४ प्रतिशत र बैङ्किङ उपसूहको परिसूचक ०.४३ प्रतिशतले घटेको छ । 
    यो दिन शुभम पावर लिमिटेडको सेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ८१४ रुपैयाँ ६० पैसा पुगेको छ भने थ्री स्टार हाइड्रो पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेर ३४० रुपैयाँ २० पैसामा झरेको छ । 

    यसैगरी आज नेपाल एसबिआई बैङ्कको सेयर कारोबार सबैभन्दा बढी भएको देखिन्छ । यो कम्पनीले कुल कारोबार रकमको ७ करोड ५६ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने शिवम् सिमेन्टले ६ करोड ३५ लाख १० हजार र एभरेस्ट बैंकले ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 

    पछिल्लो समय सेयर बजारमा अस्थिरता देखिएको छ । मौद्रिक निति सार्वजनिक पछि बजार करीब डेढ महीना  जति लगातार घटेको बजार सोमबार केही सम्हालिन खोजे पनि नाफा बुक गर्नेहरू हाबी हुँदा मङ्गलबार नै घटेको हो । 

    लाभांशको सिजन सुरु भएको कारण खरिदकर्ताहरू हाबी हुने भनिए पनि ठुला लगानीकर्ताहरू अर्थतन्त्र नै सुस्ताएको भन्दै पर्ख र हेरको अवस्था छ । जसले गर्दा सेयर बजार स्थिर हुन सकेको देखिदैन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय