मूर्तिपूजा गर्नु नराम्रो होइन, आन्तरिक महत्वलाई भने बिर्सनुहुँदैन, दर्जन चिन्तकका प्रेरक भनाईहरु

मूर्तिपूजा गर्नु नराम्रो होइन, आन्तरिक महत्वलाई भने बिर्सनुहुँदैन, दर्जन चिन्तकका प्रेरक भनाईहरु

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • images
    images
    मूर्तिपूजा गर्नु नराम्रो होइन, आन्तरिक महत्वलाई भने बिर्सनुहुँदैन, दर्जन चिन्तकका प्रेरक भनाईहरु
    images
    images

    महान दार्शनिक सन्त ओशोले आफ्नो जिवनको एक समय भनेका थिए आफूले आफैँलाई नखोज्नु भनेको अरूले देखाएको बाटोमा हिँड्नु हो, यसरी मानिसले आफूलाई खोज्ने प्रयत्न गर्नुपर्दछ चिन्नु पर्दछ भनेर त्यस समय नै प्रेरक विषयहरु समाजलाई दिएका थिए । 


    यदि संसारलाई आफू अनुकुल बनाउने हो भने आफ्नो बाटो आफैँले खोज्नुपर्ने उनको तर्क थियो । यसैले कतिपय यस्ता विषय प्रसंगहरुले जीवनमा उत्पे्ररक काम गरेको हुन्छ । आजकै समयमा पनि एप्पल कम्पनीका धनी व्यक्ति स्टिभ जब्सले चिहानमा सबैभन्दा धनी ब्यक्तिका रुपमा आफूलाई मर्ने रुचि नभएको भन्दै धन भन्दा आत्मसन्तुष्टिका विषयहरु महत्व हुने तर्क अघि सारेका थिए ।

    अधिकांश सबै दार्शनिकहरु सच्चा प्रेम, आत्मसन्तुष्टि, सत्मार्ग, धैर्य,  परिश्रम उत्साह र जाँगरलाई नै महत्व दिएका पाउँछौं । अर्थ डबलीको यस अंकमा पढौं एक दर्जन दार्शनिक चिन्तकहरुका माहान प्रेरक विषयहरु 


    [१] 
    चिहानमा सवैभन्दा धनी व्यक्तिका रुपमा मर्नु मलाई रुचि छैन । मलाई ओछ्यानमा सबैभन्दा राम्रो दिन बिताएँ भन्दै सन्तुष्ट भएर जानुमा रुचि छ ।

    स्टिभ जब्स


    [२]
     जीवनमा धैर्यभन्दा ठूलो शक्ति अर्को छैन, हुँदैन । यदि मनमा धैर्य छ भने जस्तोसुकै काम गर्न पनि गाह्रो पर्दैन तर धैर्य छैन भने केही पनि गर्न सकिन्न । हरेक इच्छा समुद्रका तरङ्ग जस्तै उठ्दै बिलाउँदै गर्छन् । 

    बेन्जामिन फ्र्याङ्कलिन

    [३]
    सन्तोष नै ठूलो सम्पत्ति हो । जसले सन्तुष्ट हुन सिकेको छ वा जानेको छ त्योभन्दा धनी अर्को हुँदैन, भलै उसको साथमा सम्पत्ति नहोस् । असन्तुष्ट व्यक्तिका लागि त संसारभरीकै सम्पत्तिले पनि केही गर्न सक्दैन । 

    सुकरात

    [४]
    शत्रुताले शत्रुलाई पराजित गर्न सकिन्न । यदि उसलाई पराजित गर्ने हो भने प्रेमको बाटोमा जानैपर्छ । गौतम बुद्ध

    [५]
    जो व्यक्ति जुन बाटोमा लागेको छ उसको समापन पनि त्यहीँ हुन पुगिरहेको हुन्छ । प्रकृतिको नियम नै यस्तो छ कि जो जहाँबाट उठेको छ त्यहीँ लड्ने गर्छ । 

    वेदव्यास

    [६]
    प्रायः मानिस त्यसबारे बढी जान्न उत्सुक हुन्छ, जसमा उसको लिनुदिनु केही हुँदैन । अरूले गरेको काममा यो भएन, त्यो भएन भन्न त सजिलै हुन्छ तर के भएन भन्न भने गाह्रो पर्छ । 

    जर्ज बनार्ड शा

    [७]
    मूर्ति पूजा गर्नु नराम्रो होइन गर्दा हुन्छ तर पूजाको आन्तरिक महत्वलाई भने बिर्सनुहुँदैन । अन्यथा देखावटीमा सीमित हुन पुगिरहेको हुन्छ । 

    सत्यसाई बाबा

    [८]
    आफूले आफैँलाई नखोज्नु भनेको अरूले देखाएको बाटोमा हिँड्नु हो, जसले आफैँलाई चिनेका हुँदैनन् । यदि संसारलाई आफू अनुकुल बनाउने हो भने आफ्नो बाटो आफैँले खोज्नुपर्छ, बनाउनुपर्छ । 

    ओशो

    [९]

    भोलि गर्छु भनेको काम आजै गर्नुपर्छ । आज गर्छु भनेको काम अहिले नै गर्नुपर्छ । के थाहा त्यस्तो भोलि र भरे आउँछ कि आउन्न पनि । त्यसैले जसमा भोलि भन्ने वानी छ ठाने हुन्छ ऊ केही पनि गर्न चाहिरहेको छैन । 

    अल्बर्ट आइन्स्टाइन

    [१०]
    प्रेम विनाको जीवन सूर्यको अनुपस्थितिमा मुर्झाएको फूलको बोट जस्तै हो, जो सदा खोक्रो र निरस देखिन्छ । 

    ओस्कर वाइल्ड

    [११]
    उत्साहमा असीमित शक्ति हुन्छ । त्यसैले यस्ता व्यक्तिका लागि कुनै पनि कुरा असम्भव हुँदैन । े

    सन्त तुलसीदास

    [१२]
    शब्द र अन्न दुवै ब्रह्म हुन्, यिनको दुरुपयोग गर्नुहुँदैन । अन्यथा घोर विपत्ति निम्तिन सक्छ । 
    उपनिषद् दर्शन

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com