काठमाडौँ / फोन पे, नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालकले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । एक बैङ्कबाट अर्को बैङ्कमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैङ्कको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउने उद्देश्यले कम्पनीले उक्त अभियानको घोषणा गरेको हो ।
‘मोबाइल नम्बर भए पुग्छ’भन्ने ट्यागलाइनमा आधारित सो अभियानले आफ्नो मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिटो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।
“यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्टमार्फत एक बैङ्कबाट अर्को बैङ्कमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो, जसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआर जस्ता तरिकाहरू रहेका छन्” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “त्यसकै फलस्वरूप नेपालका विभिन्न बैँकहरूमा फोन पे ले ग्राहकहरूलाई फोन पे डिरेक्ट सम्बन्धित चेतना प्रदान गर्दै विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको देखिएको छ जसबाट चौतर्फी एकीकृत मार्केटिङको राम्रो उदाहरण झल्किएको छ ।”
भदौ महिनाभरी चलिरहने सो अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोन पेको फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आइफोन १४प्रोको मेगा उपहारबाट पुरस्कृत गरिनेछ भने अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रूपमा अन्य उपहारद्वारा गरिनेछ ।
अभियानको उद्देश्यका बारेमा फोन पेका चिफ स्ट्राटेजी अफिसर सुवोद शर्माले सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैङ्किङ अनुभव दिलाउन फोन पे सदैव प्रतिबद्ध रहेको बताए ।
‘पैसा पैसा पठाऔँ ठाउँको ठाउँ अभियान’, यस प्रतिबद्धताको एक उदाहरण हो । ‘फोन पे डिरेक्ट’द्वारा हामीले पैसाको आदान प्रदान गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्ने कम्पनीको भनाइ छ ।
फोन पेले सधैँ आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ र यहि अनुरुप सुरक्षित कारोवारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरूमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ ।