आर्थिक वर्षको पहिलो महिना  २.२८ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात कति ?

आर्थिक वर्षको पहिलो महिना  २.२८ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात कति ?

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजारको निकासी भएको छ ।

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • images
    images
    आर्थिक वर्षको पहिलो महिना  २.२८ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ पहिलो महिना साउनमा वैदेशिक व्यापार २.२८ प्रतिशतले घटेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजारको निकासी भएको छ ।

    विभागका तथ्यांक अनुसार एक महिनामा कुल व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको साउन महिनाको व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रुपैयाँ बराबरको थियो । यो एक महिनामा व्यापार घाटा ०.६६ प्रतिशतले गिरावट देखिएको छ ।

    यता चालु आर्थिक बर्षको पहिलो महिनामा निर्यात ८.६५ प्रतिशतले घटेको छ भने आयात पनि १.५६ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आर्थिक बर्षको साउनमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको मात्र वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

    यस्तै, गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको वस्तु आयात भएकोमा चालु आर्थिक बर्षको पहिलो महिनामा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजारको वस्तु आयात भएको हो । वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ (६.५२ प्रतिशत गिरावट) र आयातको हिस्सा ९०.५२ (०.७४ प्रतिशत वृद्धि ) रहेको छ ।

    यस्तो रह्यो पहिलो महिनाको वैदेशिक व्यापार

    आयात : १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार (१.५६ प्रतिशत गिरावट)

    निर्यात : १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार (८.६५ प्रतिशत गिरावट)

    व्यापार घाटा : १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार (०.६६ प्रतिशत गिरावट)

    कुल वैदेशिक व्यापार : १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २६ हजार (२.२८ प्रतिशत गिरावट)

    वैदेशिक व्यापारमा आयातको हिस्सा : ९०.५२ (०.७४ प्रतिशत वृद्धि )

    वैदेशिक व्यापारमा निर्यातको हिस्सा : ९.४८ (६.५२ प्रतिशत गिरावट)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com