कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन, एक अर्बको लोभले कवाड हटाएको आरोप

कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन, एक अर्बको लोभले कवाड हटाएको आरोप

मंगलवार, भदौ १० २०८२
मंगलवार, भदौ १० २०८२
  • कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन, एक अर्बको लोभले कवाड हटाएको आरोप

    काठमाडौँ / कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् । आज (मंगलबार) काठमाडौँका नगर प्रमुख बालेनले कवाड व्यवसायीमाथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

    images
    images

    कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको छ र आज त्यसको विरुद्धमा व्यवसायीहरूले प्रदर्शन गरेको हो ।  

    उनले भने, “महानगरले के भन्छ भने यो कवाडी रहदँैन, हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छाँै । हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौँ भने मेयरले त्यसो भन्ने अधिकार छैन नि ।”

    उनले समस्या भए वार्ता मार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अरब रुपैयाँको लागि आफूहरूलाई हटाउन खाजेको पनि बताए । 

    “गरिबको घरमा डोजर लगाइदिने ? सबै भत्काएर भगाइदिने ? काठमाडौँबाट कवाडलाई हटाएर एक अर्ब रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो” उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय