आज वि.सं.२०८२ साल भाद्र ६ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट २२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, चतुर्दशी तिथी, बिहान ११ः४६ बजेपछि औँशी, अश्लेषा नक्षत्र, आनन्दादिमा–मृत्यू योग, चन्द्रराशि–कर्कट ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सवारी, वस्त्र, खाद्यान्नलगायत क्षेत्रमा व्यापारिक लाभ हुनेछ। परिवारसँग रमाइलो भ्रमण र मिष्ठान्न भोजको अवसर मिल्नेछ। माया प्रेममा प्रगाढता आउनेछ र नयाँ कार्यको हौसला बढ्नेछ। तर माताको स्वास्थ्य चिन्ता र आकस्मिक खर्च सम्भावना छ। छातीसम्बन्धी समस्या र आवेशपूर्ण निर्णयले बाधा पुर्याउन सक्छ, त्यसैले संयमित रहनुहोला। रोकिएका काममा पुनः प्रयास गर्नुपर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार र उद्योगमा गरिएको लगानीबाट राम्रो नाफा हुनेछ। सापटी रकम फिर्ता आएर आर्थिक स्थिति मजबुत हुनेछ। आफन्तको सहयोग र छोटो उपलब्धिमूलक यात्रा सम्भावना छ। प्रेमसम्बन्ध प्रगाढ हुने र जीवनसाथीको साथ पाइनेछ। न्यायिक निर्णय लाभदायक रहनेछ। लगनशीलताले चुनौती पार गर्दै उद्योग, व्यापारमा विशेष फाइदा र मानसम्मान प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा लगानी फस्टाउँदा थप लगानीको अवसर खुल्नेछ। कार्यक्षेत्रमा निर्णयको सम्मान र विशिष्ट व्यक्तिबाट मान पाउने सम्भावना छ। विद्या र प्रतिस्पर्धामा सफलता मिल्नेछ। माया प्रेममा सामिप्यता बढ्नेछ र पारिवारिक सहयोग पाइनेछ। तर मिहिनेतको पूर्ण नतिजा नआउन सक्छ, वचन पुर्याउन ढिलाइ र वादविवादबाट बाधा हुनसक्छ, त्यसैले सावधान रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा सुधार भई प्रतिस्पर्धामा अगाडि बढ्न सकिनेछ। जुझारु कार्यशैलीले लक्ष्य प्राप्त सहज हुनेछ। व्यापार फस्टाउँदै लगानी र आम्दानी बढ्नेछ। बैंक तथा वित्तीय क्षेत्रबाट पनि लाभ हुनेछ। जीवनसाथीसँग सम्बन्ध सुमधुर रहनेछ र परिवारसँग रमाइलो समय व्यतित हुनेछ। तर गोपनीयतामा ध्यान दिनुहोस्, हतारको निर्णय र गुनासाले चुनौती आउन सक्छन्। निरन्तर प्रयासले रोकिएका काम बन्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विदेशी सामान आयात–निर्यातबाट व्यापार विस्तारको अवसर छ। विदेशी संस्थामा रोजगारी र विद्यार्थीका लागि अध्ययन यात्राको सम्भावना छ। स्वास्थ्य सामग्री र खाद्यान्न व्यापार लाभदायी हुनेछ। तर आकस्मिक खर्च बढ्ने, आम्दानी कमजोर हुने र विवादास्पद जिम्मेवारी आउन सक्छ। स्वास्थ्यमा समस्या र यात्रामा खर्चिलो स्थिति हुनसक्छ। सतर्क रहँदै दोहोर्याएर प्रयास गर्दा अपेक्षित परिणाम हात लाग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पैतृक सम्पत्तिको परिचालन र सञ्चित धनको उपयोगबाट आम्दानी बढ्नेछ। बैंक तथा वित्तीय क्षेत्रमा लगानी सुधार हुनेछ। उद्योग, कृषि, पशुपालन र व्यापारमा मनग्य लाभ प्राप्त हुनेछ। विद्यार्थीका लागि अध्ययन अनुकूल समय छ। नयाँ काम थालनी र दिगो फाइदा दिने अवसर मिल्नेछ। आम्दानी बढ्दै भविष्यका लागि लगानी गर्न सकिनेछ। यात्रा र खानपानमा केही समय व्यतित हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम वा बढुवाको सम्भावना प्रबल छ। सरकारी तथा प्रशासनिक क्षेत्रमा सक्रियता बढ्नेछ। व्यवसाय फस्टाउँदै लगानीका अवसर सिर्जना हुनेछन्। कृषि र पशुपालनबाट आयआर्जन हुनेछ। अध्ययनमैत्री समयले अध्ययन यात्राको अवसर ल्याउनेछ। नयाँ जिम्मेवारी र रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। मिहिनेतले लक्ष्य पुरा गराउँछ, दिगो फाइदा र मानसम्मान प्राप्त हुनेछ। यात्रा र मनोरञ्जनमा पनि समय व्यतित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, अध्यात्म र अन्य वस्तुको व्यापार फस्टाउनेछ। धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ, पढाइमा प्रगति हुनेछ। व्यापार र उद्योगबाट आम्दानी बढ्नेछ। नयाँ नोकरीको अवसर मिल्न सक्छ र सामाजिक काममा सक्रियता बढ्नेछ। तर स्वास्थ्य कमजोर रहनसक्ने र गोपनीयता भङ्ग हुने जोखिम छ। चुनौतीबीच अवसर खोजेर, दोहोर्याएर प्रयास गर्दा अपेक्षित सफलता हासिल गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नसोचेको धन र सम्पत्ति प्राप्त हुने सम्भावना छ। आफन्तको सहयोगले महत्वपूर्ण काम पूरा गर्न सकिनेछ। व्यापारमा उल्लेख्य वृद्धि हुनेछ र लामो दूरीको यात्रा सम्भावित छ। लेखन तथा साहित्यमा रोकिएका काम सम्पन्न हुनेछन्। तर विवादास्पद जिम्मेवारी र प्रशासनिक दौडधुप आउन सक्छ। स्वास्थ्य कमजोर हुनसक्ने भएकाले सचेत रहनुहोस्। निरन्तर प्रयासले लाभदायी परिणाम र व्यापारिक फाइदा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
एकल तथा साझेदारी व्यापारबाट नाफा कमाउने सम्भावना छ। पढाइ लेखाइमा सफलता हात लाग्नेछ र आफन्त तथा अग्रज खुसी रहनेछन्। परिवारसँग यात्रा र स्वादिष्ट भोजनको अवसर हुनेछ। माया प्रेम प्रगाढ हुने र जीवनसाथीसँग मतभेद सम्भावित छ। सामाजिक सञ्जाल र प्रविधि प्रयोगले प्रभाव बढ्नेछ। लगनशीलता र सद्विचारले छोटो समयमा फाइदा, व्यापारिक लाभ र व्यक्तित्वमा निखार ल्याउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
न्यायिक निर्णयहरू लाभदायी हुनेछन्। पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्नेछ। व्यापार व्यवसाय फस्टाउँदै मनग्गे आर्थिक लाभ आउनेछ। प्रतिस्पर्धामा अग्रपंक्तिमा रहने सम्भावना छ। पुराना ऋण र समस्याहरू समाधान हुनेछन्। मावलीको सहयोगले राम्रा काम सम्पन्न हुनेछन्। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। यात्रा, परीक्षा र सामाजिक सम्पर्कमा सावधानी अपनाउँदै प्रयास गर्दा दीगो फाइदा, सफलता र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा समय दिन सकिए सफलता हात लाग्नेछ। इमानदारीको कदर हुने र बन्द व्यापारबाट लाभ उठाउन सकिनेछ। कठिन परिस्थितिमा बुद्धिमत्तापूर्वक समाधान हुनेछ। प्रेममा सामिप्यता र उपहार प्राप्तिको अवसर छ। सन्तान र आफन्तको सहयोगले मन प्रसन्न हुनेछ। खानपान, मनोरञ्जन र शैक्षिक क्षेत्रमा प्रगति सम्भावित छ। स्वास्थ्य कमजोर हुनसक्छ, तर कर्मयोग र मेहनतले अवसर र व्यवधानबीच सफलता दिलाउनेछ।