छैठौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मंसिर १२ देखि काठमाडौँमा हुने, प्रवेश शुल्क नलाग्ने

छैठौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मंसिर १२ देखि काठमाडौँमा हुने, प्रवेश शुल्क नलाग्ने

बिहिवार, भदौ ५ २०८२
बिहिवार, भदौ ५ २०८२
  • छैठौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी मंसिर १२ देखि काठमाडौँमा हुने, प्रवेश शुल्क नलाग्ने

    काठमाडौँ / नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, कृषि विभागको संयुक्त आयोजनामा छैठौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी-२०८२ हुने भएको छ । 

    images
    images

    ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ  नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले काठमाडौँको भृकुटी मण्डपमा आगामी मंसिर १२, १३ र १४ गतेसम्म उक्त प्रदर्शनी हुने भएको हो । 

    नेपालमा कृषि यान्त्रिकरण र प्रविधि सम्बन्धी व्यवसाय गर्ने व्यवसायीहरूलाई समेटेर स्थापना भएको नामियाले कृषकहरूलाई आधुनिक कृषि यन्त्र, उपकरण र प्रविधिबारे जानकारी गराउने उद्देश्यले यो प्रदर्शनी गर्दै आएको छ। 

    पहिलो प्रदर्शनी २०७० साल चितवनमा आयोजना भएको थियो र त्यसयता निरन्तर पाँच राष्ट्रिय, एक प्रादेशिक र एक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भइसकेको छ।

    प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती, सिँचाई, पोष्ट हार्भेष्ट र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्रीहरू साथै बिउविजनहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित उत्पादक तथा बिक्रेताहरूको सहभागिता रहने बताइएको छ । 

    प्रदर्शनीमा करिब १५० प्रदर्शकले २०० भन्दा बढी स्टलमा करिब २० मुलुकका २००० भन्दा बढी प्रकारका कृषि उपकरण, यन्त्र र प्रविधिहरू प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्यहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ।

    लक्षित प्रदर्शकमा कृषि औजार र उपकरणका उत्पादक, उद्यमी, आयातकर्ता, वितरक, डिलर तथा सरकारी र गैरसरकारी संघ संस्थाहरू, शैक्षिक र अनुसन्धान संस्थाहरू, बैंक तथा वित्तीय संस्था समावेश छन्। 

    अवलोकनकर्तामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, उद्यमी व्यवसायी, नीति निर्माता र सर्वसाधारणसमेत रहेका छन्। प्रदर्शनी अवलोकनको लागि प्रवेश शुल्क निःशुल्क रहनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय