देशको पश्चिम भू–भाग मनसुन बढी सक्रिय हुने, पूर्वमा कस्तो हुनेछ ?

देशको पश्चिम भू–भाग मनसुन बढी सक्रिय हुने, पूर्वमा कस्तो हुनेछ ?

बिहिवार, साउन २९ २०८२
बिहिवार, साउन २९ २०८२
  • देशको पश्चिम भू–भाग मनसुन बढी सक्रिय हुने, पूर्वमा कस्तो हुनेछ ?

    काठमाडौं/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेको छ । 
    जसले गर्दा मनसुन नेपालको पुर्वी भू–भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ ।
     
    महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    images
    images

    यस्तै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
     
    आज राती भने गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय