२४ लाख ५० हजार घुस प्रकरणमा भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगी अख्तियारको फन्दामा

२४ लाख ५० हजार घुस प्रकरणमा भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगी अख्तियारको फन्दामा

बुधवार, साउन २८ २०८२
बुधवार, साउन २८ २०८२
  • २४ लाख ५० हजार घुस प्रकरणमा भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगी अख्तियारको फन्दामा

    काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई समाएको छ । 

    images
    images

    उनीहरु विरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    आयोगका अनुसार जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही तथा लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाणपूर्जा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस मागिएको उजुरीको आधारमा अनुसन्धान गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले अर्थ डबलीलाई जानकारी दिए । 

    आयोगको टोलीले मालपोत प्रमुख आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी राउतको साथबाट मोबाइल डिभाइससहित उक्त रकम भूमिसुधार तथा मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको छ । 

    अनुसन्धानमा आचार्य र राउतले मिलेमतोमा सो जग्गा बाँडफाँड तथा नामसारी प्रक्रियामा सहजीकरण गर्ने बहानामा घुस लिएको पुष्टि भएको आयोगले गरेको छ । 

    उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा (१) बमोजिम बिगो कायम गरी कैद सजाय र बिगो बराबर जरिवाना हुने गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय