काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ पुगेको विषय के हो ?

काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ पुगेको विषय के हो ?

बुधवार, साउन २८ २०८२
बुधवार, साउन २८ २०८२
  • काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ पुगेको विषय के हो ?

    काठमाडौं/ नेपाल वायुसेवा निगमले विभिन्न सञ्चार माध्यममा प्रकाशित “काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ” भन्ने आशयको समाचार असत्य, भ्रामक र दुष्प्रचारजन्य भनेको छ । 

    images
    images

    खण्डन गर्दै निगमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त समाचारले आम जनमानसमा भ्रम सिर्जना गरेको बताएको छ । 

    विज्ञप्ति अनुसार निगमको जहाज हङकङमा नियमित तालिका अनुसार नै उडान गरिएको भए पनि समाचारमा विषयान्तर गरिएको जनाएको छ । 

    निगमका अनुसार काठमाडौं–दम्माम सेक्टरको एउटा उडान जहाजमा आएको प्राविधिक समस्याका कारण रद्द भएको थियो, जसमा प्रभावित यात्रुहरूलाई अन्तर्राष्ट्रिय नियमअनुसार बासको सुविधा र अर्को दिन वैकल्पिक उडानको व्यवस्था गरिएको थियो।

    निगमले आफ्नो उडान तालिका व्यवस्थित राख्ने उद्देश्यले दम्माम उडान रद्द भए पनि अन्य उडानमा असर नपार्ने गरी हङकङ उडान सञ्चालन गरिएको जनाएको छ। सो दिनको उडानमा कार्यकारी अध्यक्ष युबराज अधिकारी सहितको टोली फर्किने संयोग मात्र परेको निगमले स्पष्ट पारेको छ।

    विज्ञप्तिमा भनिएको छ कि अध्यक्ष नेतृत्वको टोलीको हङकङ भ्रमण निगमको उडान सेवा विस्तार, बजार सुदृढीकरण, कार्गो तथा यात्रु सेवा सुधार, र स्थानीय सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न औपचारिक रूपमा एक महिना अगाडि स्वीकृत योजनाअनुसार भएको हो। सो भ्रमण नेपाल–हङकङ उडानको ४३ औँ वर्षगाँठको अवसरमा सम्पन्न भएको थियो।

    निगमले भ्रमणका क्रममा कार्गो ट्र्याकिङ सिस्टम, उडान ढिलाइ तथा रद्द हुने समस्या समाधान, र वाइडबडी जहाजको प्रभावकारी प्रयोगबारे हङकङस्थित ट्राभल एजेन्सी तथा नेपाली समुदायसँग प्रत्यक्ष छलफल भएको जानकारी दिएको छ। 

    साथै, हङकङस्थित नेपाली साहित्यानुरागीहरूको कार्यक्रममा बिदाको दिन छोटो समय सहभागी भएको विषयलाई पनि गलत व्याख्या गरिएको दाबी गरेको छ।

    राष्ट्रिय ध्वजावाहकको छविमा आँच पु¥याउने नियतले समाचार प्रकाशित गरेको भन्दै निगमले सञ्चारमाध्यमलाई भविष्यमा निगमसम्बन्धी समाचार प्रकाशित गर्नु अघि आधिकारिक प्रवक्ताबाट तथ्य पुष्टि गर्न भनेको छ । 

    निगमले पारदर्शिता, पेशागत मर्यादा, यात्रुको हित र हवाई सुरक्षालाई सधैं प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय