काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम, सय बढि स्थानमा खोल्ने लक्ष्य छ – निर्देशक खेतान

काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम, सय बढि स्थानमा खोल्ने लक्ष्य छ – निर्देशक खेतान

बुधवार, साउन २८ २०८२
बुधवार, साउन २८ २०८२
  • काठमाडौंको थलीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम, सय बढि स्थानमा खोल्ने लक्ष्य छ – निर्देशक खेतान

    काठमाडौं/ नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। 

    images
    images

    काठमाडौंको थलीस्थित सुपर सप्लायर्स प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।
    बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ।

    कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ।

    गत शुक्रबार आयोजित एक औपचारिक समारोहमा प्रमुख अतिथि खानेपानी, उर्जा तथा सिचाँइ मन्त्री कृष्ण कुमार तामाङ र लेमिनार टायल्सका निर्देशकद्वय श्याम खेतान र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणी अन्तर्गतको डिलर शोरूमको उद्घाटन गरेका थिए ।  यस क्षेत्रमा शोरुम खोलिदा यस क्षेत्रमा लेमिनार रोज्ने ग्राहकहरुले सहज ढंगले पाउन सक्नेछन् । 

    leminar 12.jpg
    लेमिनार टायल्सको भविष्य उज्जल छ 
    कृष्ण कुमार तामाङ 
    मन्त्री, खानेपानी, उर्जा तथा सिचाँइ मन्त्री 
    लेमिनार टायल्स धेरै भेराइटी डिजाइनमा पाइने भएकोले ग्राहकको आकर्षण बन्न सक्छ । बलियो र टिकाउ हुँदा विस्वास गर्न योग्य छ । मुलुकमा यस्ता गुणस्तरिय टायल्स उत्पादन हुँदा रोजगारीको सिर्जना हुन्छ । बाहिरी मुलुकबाट आयात गर्नु पर्दैन । नेपालमै उत्कृष्ट बस्तु उत्पादन हुँदा नेपालीलाई धेरै फाइदा पुग्छ । थलीमा खोलिएको शोरुमले यस क्षेत्रको लागि उपयुक्त छ । 


    देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्य 
    श्याम खेतान
    निर्देशक, लेमिनार टायल्स् 
    लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्य लिएको छ । विश्वसिलो भरपर्दो लेमिनार टायल्स पछिल्लो समय ग्राहकहरुले रुचाएका छन् । हामीले सहजताका लागि मुलुकभर आवश्यक स्थानमा शोरुमहरु स्थापना गर्ने छौं । 

    टायल्स बलियो र टिकाउ छ, ढुक्कसँग प्रयोग गर्न सकिन्छ 
    आशुतोश खेतान
    निर्देशक, लेमिनार टायल्स

     भिट्रिफाइड टायल्स बलियो र टिकाउ छ । यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको छ । ढुक्कसँग प्रयोग गर्न सकिन्छ । 

    यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ भएको कम्पनीले दाबी गरेको छ । 

    उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

    leminar 2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय