काठमाडौँ / मङ्गलबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । यसअघि तोलामा १ लाख ९८ हजार १ सय रुपैयाँ पर्ने छापावाल सुन आज १ लाख ९६ हजार ८ सय रुपैयाँ मात्रै पर्ने भएको हो ।
नेपाली सुनचाँदी महासङ्घकाका अनुसार आज चाँदीको भाउ समेत घटेको छ । यसअघि तोलामा २ हजार ३१५ रुपैयाँ पर्ने चाँदी आज २ हजार ३ सय ५ रुपैयाँ मात्रै पर्ने भएको हो ।