काठमाडौँ / छोटो समयमा विश्वभर लोकप्रिय बनेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडेल रियलमी सी७१ नेपाली बजारमा ल्याएको छ । कम बजेटमा आकर्षक फिचर खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो फोनले उत्कृष्ट प्रदर्शन, मजबुत बनावट र आकर्षक मूल्यको संयोजन दिएको छ ।
नयाँ रियलमी सी ७१ जम्मा एक घण्टा चार्ज गरेर दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनिले जनाएको छ । यो फोनमा ६३०० एमएएचको शक्तिशाली ब्याट्री छ, जुन लामो समय चल्नुको साथै ४५ वाटको फास्ट चार्ज सपोर्टले छोटो समयमा चार्ज पनि हुन्छ ।
फोन खसेर बिग्रिने डर हुनेहरूका लागि यो अझ उपयुक्त छ, किनभने यसमा शक रेसिस्टेन्स५ प्रविधि छ, जसले १.८ मिटर उचाइबाट खसे पनि फोनलाई जोगाउन सक्छ । फोनको संरचना अझ बलियो बनाउन आर्मर शेल प्रविधि र आईपी ६४ धूलो र पानी प्रतिरोध सुविधा पनि दिइएको छ ।
स्क्रिनको कुरा गर्दा, १२० हट्र्जको डिस्प्ले दिइएको छ, जसले स्क्रोल गर्दा वा भिडियो हेर्दा स्मूथ र आरामदायी अनुभव प्रदान गर्दछा । फोटो खिच्न मन पराउनेहरूका लागि ५० मेगापिक्सेलको एआई क्यामेरा राखिएको छ, जसले झन् स्पष्ट र राम्रा फोटोहरू खिच्छ ।
यसमा भएको टी७२५० अक्टा–कोर प्रोसेसरले एपहरू छिटो खोल्न, गेम खेल्न वा भिडियो हेर्नमा कुनै समस्या आउन दिँदैन। त्यस्तै यसको एआई स्मार्ट सिस्टमले प्रयोगकर्ताको बानी अनुसार फोनको अनुभव अझ सहज बनाउँछ - जसले कहिले के सुझाव दिने वा कुन एप प्राथमिकतामा ल्याउने भन्ने निर्धारण गर्छ ।
संगीतप्रेमीहरूका लागि यो फोनमा स्पष्ट र ठूलो आवाज आउने ४०० प्रतिशत अल्ट्रा बूम स्पिकर छ । साथमा एनएफसी सुविधा पनि छ, जसले कन्ट्याक्टलेस भुक्तानी गर्न सहज बनाउँछ-जुन सुविधा यो मूल्यमा आउने फोनहरुमा कमै हुन्छ ।
४+१२८जिबी स्टोरेजमा उपलब्ध रियलमी सी७१ १५ हजार ९९९ रुपैयाँ मुल्यमा रहेको उपलब्ध छ । प्रयोगकर्ताले यसलाई ह्वाइट स्वान र फरेस्ट आउल जस्ता २ आकर्षक रङमा छनोट गर्न सक्छन् । थप पावरफुल ६+१२८ जिबी स्टोरेज भएको संस्करण पनि चाडै बजारमा आउने तयारीमा छ ।