बिवाइडीले लन्च गर्यो अल-न्यु बिवाइडी एट्टो १, विश्व स्तरीय प्रविधिसहितको बहुप्रतिक्षित इभि, नाइमामा विशेष अफर

बिवाइडीले लन्च गर्यो अल-न्यु बिवाइडी एट्टो १, विश्व स्तरीय प्रविधिसहितको बहुप्रतिक्षित इभि, नाइमामा विशेष अफर

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • बिवाइडीले लन्च गर्यो अल-न्यु बिवाइडी एट्टो १, विश्व स्तरीय प्रविधिसहितको बहुप्रतिक्षित इभि, नाइमामा विशेष अफर

    काठमाडौँ / नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो १ आधिकारिक रूपमा लन्च गरेको घोषणा गरेको छ । 

    images
    images

    सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बिवाइडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । 

    विश्वव्यापी रूपमा बिवाइडी सिगल, बिवाइडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बिवाइडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको छ ।

    वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित इभिले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ।
     
    “बिवाइडी एट्टो १ मार्फत हामीले इभि प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौँ”, साइमेक्स इंकका सिइओ साहिल श्रेष्ठले भने, “यो एक इन्ट्री लेभल इभि मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।”

    बिवाइडीको एड्भान्स्ड ई-प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल-टु-बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन इभिका लागि विशेष रूपमा बनेको छ । 

    नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बिवाइडी एट्टो १ इभि उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । 

    त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ । 

    नाइमामा विशेष अफर

    नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ । यस अनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ । 

    बिवाइडी एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, सहरी उपयोगिता र अतुलनीय सुरक्षाको दुर्लभ संयोजनको प्रतिनिधित्व गर्छ । 

    विश्वभर मान्यता प्राप्त यस सवारीसाधनलाई सहरवासीहरूको आवश्यकताअनुसार निर्माण गरिएको छ र यो नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट इभि बन्ने तयारीमा छ ।

    बिवाइडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय