काठमाडौं/ ट्रायम्फ नेपालले साउन २३ देखि २७ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुदै गरेको ‘नेपाल मोबिलिटी एक्सपो २०२५’ मा आफ्नो उत्साहजनक उपस्थित जनाएको छ ।
NAIMA (Nepal Automobiles Importer and Manufacturers Association) द्वारा आयोजना गरिएको यस अटोमोबाइल प्रदर्शनीमा विश्वप्रसिद्ध ब्रान्डहरुको सहभागिता रहनेछ र ब्रान्ड ट्रायम्फ इन्ग्ल्यान्डसंगै रहनेछ जसले विशेष गरी क्लासिक प्रियतम मोटरसाइकलका अनुभूतिको मज्जा दिने उद्देश्यसहित यस ट्रायम्फ नेपाल स्टल D2 मा छ।
ट्रायम्फ सन् २०२४ मा Speed 400 र Scrambler 400X जस्ता विश्व प्रसिद्ध मोटरसाइकलहरुसँग हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. मार्फत नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको हो। नेपाली बजारमा प्रीमियम बाइकको परिभाषा नै बदल्न गरी आएका यी मोटरसाइकलहरुले मोडर्न क्लासिक डिजाइन, सुपीरियर राइड क्वालिटी जस्ता विशेषताहरू रहेका छन्।
NAIMA Nepal Mobility Expo’ 2025 अन्तर्गत ट्रायम्फ नेपालले दुई आकर्षक नयाँ रङहरूमा सार्वजनिक गर्नेछ:
Scrambler 400X – Volcanic Red
Speed 400 – Racing Yellow
यी नयाँ रङहरूसँग ट्रायम्फ मोटरसाइकलको पहिचानलाई थप उच्च बनाउनु साथै बाइकप्रेमीहरुमा अझै धेरै उत्साह पैदा गर्ने छन्। यी दुई नयाँ रङका मोटरसाइकलहरुको आमन्त्रण नै यस एक्सपोको प्रमुख आकर्षण बन्न अपेक्षा गरिएको छ।
NAIMA का विशेष अफरहरू
यस अटो शोभा अवलोकनकर्ताका लागि ट्रायम्फ नेपालले यस NAIMA Nepal Mobility Expo’ 2025, अवधिभर निम्न अफरहरू प्रदान गर्नेछ:
ट्रायम्फ मोटरसाइकल खरिद गर्दा तुरुन्तै प्राप्त हुने प्रिमियम राइडिङ ज्याकेट उपहार: निःशुल्क
स्टल D2 मा आएर गरे हुने टेस्ट राइडले नयाँ अनुभव दिलाउनेछ
ट्रायम्फ नेपालको श्री सागर झा भण्डारी भन्छन्, “नेपालका बाइकप्रेमीहरुकाबीच झन् बढ्दो क्रेज भएका यी मोटरसाइकलहरु प्रत्यक्ष रुपमा अनुभव गर्न पाउनु ‘NAIMA Nepal Mobility Expo’ 2025 को प्रमुख आकर्षण बन्नेछ भन्नेमा हामी विश्वस्त छौं।
यस प्रकारका मोटरसाइकलहरु हाम्रा राइडरहरुका लागि अद्भुत अनुभव हो।”