सुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन

सुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • सुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन

    काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज देखि सुरु भएको छ । 

    images
    images

    बुधबार काठमाडौँको भृकुटिमण्डपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका छन् । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नाइमाले जनाएको छ । यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि आयोजना गरेको छ ।

    naimanews.JPG

    प्रतियोगितामा आज सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तरपार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय