मङ्गलबारको राशिफल : आम्दानी, खर्च, यात्रा, अध्ययन, सम्बन्ध र स्वास्थ्यलगायतका क्षेत्रमा तपाईँको समय कस्तो चल्दैछ आज ?

मङ्गलबारको राशिफल : आम्दानी, खर्च, यात्रा, अध्ययन, सम्बन्ध र स्वास्थ्यलगायतका क्षेत्रमा तपाईँको समय कस्तो चल्दैछ आज ?

मंगलवार, साउन २० २०८२
मंगलवार, साउन २० २०८२
  • मङ्गलबारको राशिफल : आम्दानी, खर्च, यात्रा, अध्ययन, सम्बन्ध र स्वास्थ्यलगायतका क्षेत्रमा तपाईँको समय कस्तो चल्दैछ आज ?

    आज वि.सं. २०८२ साल साउन २० गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ अगष्ट ५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, एकादशी तिथी, बिहान ११ः३१ बजेपछि द्वादशी, ज्येष्ठा नक्षत्र, आनन्दादिमा–मुद्गर योग, चन्द्रराशि–वृश्चिक, बिहान १०ः५७ बजेपछि धनु, पुत्रदा एकादशी व्रत ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बौद्धिक र सिर्जनात्मक काममा प्रगति हुनेछ। धर्म र दर्शनप्रति रुचि बढ्नेछ। व्यापार र सेयरमा सुझबुझले लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। यात्रा र खर्चमा सतर्क रहनुहोला। कार्यक्षेत्रमा कठिनाइ आउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। नयाँ जिम्मेवारी थपिन सक्छ। धार्मिक कामबाट प्रतिष्ठा बढ्नेछ। मेहनतले सफलता दिलाउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    बिहान व्यापारमा लाभ, पढाइ र यात्रामा सफलता मिल्नेछ। सामाजिक सञ्जाल प्रभावकारी बन्नेछ। मध्यान्हबाट प्रतिष्ठामा दाग लाग्ने सम्भावना छ। प्रेममा धोका र मनमुटाव देखिन्छ। लगानी सोचेर गर्नुहोस्। योजना अनुसार अघि बढे सफलता मिल्नेछ। पारिवारिक सहयोग पाइनेछ। भ्रमणको योग छ। स्वास्थ्यमा समस्या आउन सक्छ। सानातिना चुनौतीले मानसिक तनाव बढ्न सक्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापारको सिलसिलामा यात्रा हुन सक्छ। सेयर र व्यापारबाट नाफा मिल्नेछ। अध्ययन, कला र संगीतमा रुचि बढ्नेछ। प्रेममा विश्वास बलियो हुनेछ। प्रविधिको प्रयोगले धन आर्जन हुनेछ। आलस्यले पढाइमा बाधा आउन सक्छ। सोचविचारपूर्वक लगानी गर्नुहोस्। परिस्थितिसँग सम्झौता गर्दै पनि लक्ष्यमा पुग्न सकिनेछ। सहयोग, उपहार र सम्मान प्राप्त हुनेछ। यात्रा रमाइलो हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    लामो दुरीको यात्राबाट सफलता मिल्नेछ। प्रेम र दाम्पत्य सम्बन्ध मजबुत हुनेछ। मुद्दामा जित सम्भव छ। व्यापार र सेयरमा लगानी सोचविचारपूर्वक गर्नुहोस्। कार्यस्थलमा मतभेद हट्नेछ। आफन्तको साथ मिल्नेछ। हल्लामा नलाग्नुहोस्। समयअनुसार नचले पछि पर्न सकिन्छ। विघ्नबाधा हटेर दिगो लाभ हुने काम सुरु हुनेछ। रचनात्मक कार्यबाट फाइदा मिल्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    अनुसन्धान र अध्ययनमा प्रगति हुनेछ। भौतिक सम्पत्ति र उपहार प्राप्ति सम्भव छ। शिक्षा र बैङ्किङ क्षेत्रमा लगानी बढ्नेछ। नोकरीमा बढुवा र वंशवृद्धिको योग छ। योजनाहरू गोप्य राख्नुहोस्। प्रतिद्वन्द्वी सक्रिय छन्। साझेदारीमा समस्या आउन सक्छ। ईर्ष्यालुहरूले सताउन सक्छन्। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। मेहनतको फाइदा अरूले उठाउने प्रयास हुन सक्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बिहान परिणाममुखी काममा सफलता मिल्नेछ। आफन्तको सहयोग र रमाइलो यात्रा सम्भव छ। व्यवसायबाट धन आर्जन हुनेछ। मध्यान्हपछि स्वास्थ्यमा कमजोरी आउन सक्छ। राजनीतिमा प्रभाव बढ्नेछ तर आत्मविश्वास घट्न सक्छ। रोजगारका अवसर देखिन्छन्। प्रतिस्पर्धी पराजित हुनेछन्। सहयोगी साथ दिनेछन्। काममा सन्तुलन आवश्यक छ। वचनले अप्ठ्यारो पार्न सक्छ, सावधानी अपनाउनुहोस्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अध्ययनमा थोरै समय लगानीले राम्रो नतिजा मिल्नेछ। रमाइलो यात्रा हुनेछ। विवाद तपाईँकै पक्षमा टुंगिनेछ। साझेदारी व्यापार फस्टाउनेछ। सेयरमा लाभ हुनेछ। प्रेममा सामीप्य बढ्नेछ। निजी काम टार्न नहुने समय हो। छिमेकीसँग विवाद सम्भव छ। सहयोग र उपहार पाइनेछ। रोकिएका काम बन्नेछन्। कृषिमा लाभ मिल्नेछ। सकारात्मक सोच आवश्यक छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    शुभ चन्द्रमाको प्रभावले सेयर र व्यापारमा आम्दानी बढ्नेछ। बोलीबाट धन आर्जन हुनेछ। आफन्तसँग यात्रा र मिठो भोजनको अवसर मिल्नेछ। प्रेम सम्बन्ध फलदायी बन्नेछ। कार्यक्षेत्रमा ध्यान दिँदा सफलता मिल्नेछ। रोकिएका काम अघि बढ्नेछन्। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। तार्किक क्षमता र बोलीले सम्मान दिलाउनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    समयमै काम सम्पन्न हुनेछन् र अरूको काम गरेर नाम र दाम कमाइनेछ। अध्ययनमा थोरै लगानीले राम्रो नतिजा मिल्नेछ। प्रेममा खुशी रहनेछ। व्यापार, सेयर र उद्योगबाट नाफा हुनेछ। बिहान खानपान र यात्रामा ध्यान दिनुहोला। चुनौती सामना गर्नुपर्ला। खर्च र आर्थिक समस्या हुन सक्छ। छिमेकीसँग असमझदारी हुनेछ। शुभचिन्तकको साथ पाइनेछ। पारिवारिक भेटघाट र उपहार मिल्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    बिहान पैतृक धन र प्राकृतिक स्रोतबाट आम्दानी हुनेछ। कृषि र व्यापारमा नाफा कमाइनेछ। सेयर र वैदेशिक कमाइ बढ्नेछ। प्रेम सुमधुर हुनेछ। मध्यान्ह खानपान र यात्रामा सावधानी आवश्यक छ। टेक्निकल सुधार जरूरी छ। वैदेशिक रोजगार सफल हुनेछ। मेहनतले नयाँ आम्दानी स्रोत भेट्नेछ। ऋणभार बढ्न सक्छ। ईर्ष्या र फजुल खर्चले समस्या ल्याउन सक्छ। लगनशील भएसम्म फाइदा हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    अध्ययनमा सुधार हुँदै अगाडि बढिनेछ। प्रेममा खुशी रहनेछ। परिवारका आवश्यक्ताहरू पूरा हुनेछन्। व्यापार फस्टिनेछ र पदोन्नति सम्भावित छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पैतृक सम्पत्तिबाट आम्दानी बढ्नेछ। इष्टमित्र र पिताको सहयोग पाइनेछ। तर्कशक्ति वृद्धि हुनेछ। प्रतिष्ठा बढ्नेछ। मित्रता बढेर प्रभुत्व जम्नेछ। आम्दानी बढ्नेछ। लगानी र ऋणभार दुबै बढ्न सक्छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापारमा लगानीले मनग्गे लाभ हुनेछ। राजनीति र समाजसेवामा जनताको समर्थन पाइनेछ। पढाइमा सफलता मिल्नेछ। प्रेममा सामीप्य बढ्नेछ। कार्यक्षेत्रमा प्रभाव र वृद्धि हुनेछ। कृषि, पशुपालन र वित्तीय बजारमा आम्दानी बढ्नेछ। टाढाका इष्टमित्रसँग भेट हुनेछ। धार्मिक कामले प्रतिष्ठा बढाउनेछ। भाग्य राम्रो साथ दिनेछ। सामाजिक उत्तरदायित्व र जिम्मेवारी पाइनेछ। विशिष्ट मित्रता बढ्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय