सोमबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

सोमबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

सोमवार, साउन १९ २०८२
सोमवार, साउन १९ २०८२
  • सोमबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

    आज वि.सं. २०८२ साल साउन १९ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट ४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, दशमी तिथी, बिहान ९ः५५ बजेपछि एकादशी, अनुराधा नक्षत्र, आनन्दादिमा–मानस योग, चन्द्रराशि–वृश्चिक ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक क्षेत्रमा खर्च बढ्नेछ भने दैनिकीमा असर पर्न सक्छ। शेयर बजारमा सुझबुझपूर्वक लगानी गर्दा नाफा मिल्नेछ। कामको सिलसिलामा यात्रा सम्भव छ। गोप्य सूचना चुहिनाले आर्थिक अप्ठ्यारो आउन सक्छ। भौतिक सम्पत्तिको प्रयोगमा ध्यान दिनुहोस्। बाध्यता र स्वास्थ्य समस्याले काममा प्रभाव पारी असहज स्थिति निम्त्याउनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यापार, सेयर बजार र उद्योगमा लगानीबाट लाभ हुनेछ। आर्थिक अवस्था मजबुत बन्नेछ। भौतिक सम्पत्ति र विलासी वस्तु जोड्ने सम्भावना छ। व्यापारका लागि यात्रा हुनेछ। प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ। अध्ययनमा उत्साह र सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ। परिवारको साथले नयाँ काममा हौसला मिल्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापारमा लगानी बढाउँदै आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ। अदालती निर्णय आफ्नो पक्षमा आउनाले आर्थिक लाभ हुनेछ। स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। ठगी र कानुनी झमेला टार्न सतर्क रहनुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। पुराना लेनदेन टुंगिनेछ। व्यापारिक यात्राको अवसर जुर्नेछ। पुरस्कार र उपहारले उत्साह बढ्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ भने बैंक तथा वित्तीय क्षेत्रबाट लाभ हुनेछ। सेवामूलक र कृषिपेसाबाट आम्दानी बढ्नेछ। सन्तान र गुरुजनको सहयोग लाभदायी हुनेछ। सही ज्ञानको प्रयोगले चुनौती पन्छाएर काम बन्नेछ। पढाइमा प्रगति हुनेछ। लगनशीलताले दिगो काम सुरु गर्न सकिनेछ। उपहार तथा सम्पत्ति प्राप्तिको योग पनि देखिन्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक दृष्टिले कृषि र पशुपालन व्यवसाय फस्टाउनेछ भने अन्य व्यवसाय सामान्य रहनेछन्। साझेदारीमा समस्या आउन सक्छ, वचन दिनुमा सजग रहनुहोस्। जग्गा र सवारीसम्बन्धी काम गर्दा सावधानी आवश्यक छ। महत्वाकांक्षी योजनालाई गोप्य राख्नु राम्रो हुनेछ। आमाको सहयोगबाट लाभ मिल्नेछ। राजनीति र समाजसेवाबाट मिश्रित प्रतिक्रिया प्राप्त हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मेहनतले व्यवसायमा फड्को मारिनेछ र उद्योगमा लाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। सहकार्यले चिताएको काम बन्नेछ। प्रविधिको प्रयोगले व्यवसाय प्रवर्द्धन हुनेछ। कृषिमा कामको चाप भए पनि धन लाभ मिल्नेछ। छोटो समयमा उचित प्रतिफल हात पर्नेछ। यात्रा र उपहारको योग पनि देखिन्छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बोलिको प्रभाव र बुद्धिको प्रयोगले व्यापार र सेयर बजारमा फाइदा मिल्नेछ। अध्ययन र सिर्जनात्मक काममा प्रगति हुनेछ। गीत, सङ्गीत वा मोडलिङ पेशामा समय फलदायी छ। तर कर्जा र उधारो व्यापारमा सतर्क रहनुहोला। प्राथमिकता छुटाउँदा पछि पर्न सकिन्छ। विवादास्पद काममा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार र सेयर बजारमा लगानी गरी आर्थिक लाभ उठाउन सकिनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। राजनीति र समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ। माया प्रेममा प्रगाढता आउनेछ। मिहिनेतले आंशिक लाभ भए पनि आवश्यकता पूरा हुनेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ, सतर्क रहनुहोला।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    विदेश यात्राको सम्भावना बढ्दैछ र विदेशी व्यापार फस्टाउनेछ। विदेशी लगानी भएका संस्थामा नोकरी मिल्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या र खर्च बढ्न सक्छ। आकस्मिक कामले आर्थिक भार थप्नेछ। परिवार र साथीभाइसँग टाढिएर मन खिन्न हुन सक्छ। मेहनतले पनि चुनौती हुनेछ, तर लगनशीलताले परिस्थिति सुधार्न मद्दत गर्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    इमानदार र लगनशील प्रयासले समाजमा प्रतिष्ठा र नाम कमाउने अवसर छ। पढाइ, सेयर बजार, र वित्तीय क्षेत्रमा लगानी फलदायी हुनेछ। व्यापारमा नयाँ आम्दानी स्रोत फेला पार्न सकिनेछ। अड्केको रकम उठ्नेछ र मिहिनेतको राम्रो नतिजा मिल्नेछ। थोरै लगानीबाट पनि नाफा उठ्नेछ। दिगो फाइदाका लागि नयाँ काम प्रारम्भ गर्ने समय छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    राजनीतिज्ञ र समाजसेवीले जनताको समर्थनमा पद प्राप्ति गर्नेछन्। व्यापार र वित्तीय क्षेत्रमा लगानीबाट आर्थिक लाभ हुनेछ। कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। पढाइमा प्रगति हुनेछ र प्रेम सम्बन्ध मजबूत हुनेछ। मेहनतले नयाँ जिम्मेवारी र सम्मान दिलाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ र सामाजिक नेतृत्व प्राप्ति सम्भव छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार, सेयर बजार र औद्योगिक क्षेत्रमा लगानीबाट मनग्गे धन आर्जन हुनेछ। धार्मिक र आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। आत्मविश्वासले लक्ष्य प्राप्तिमा सहयोग पुर्याउनेछ। सामाजिक कार्यमा सक्रिय भई तारिफयोग्य काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले सफलता दिलाउनेछ भने टाढिएका मित्रहरू नजिकिनेछन्। दाम, नाम र इनाम प्राप्त हुने समय हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय