साप्ताहिक राशिफल : आजदेखि साउन २४ गते शनिबारसम्म तपाईँको समय कस्तो चल्दैछ ? हेर्नुस्

साप्ताहिक राशिफल : आजदेखि साउन २४ गते शनिबारसम्म तपाईँको समय कस्तो चल्दैछ ? हेर्नुस्

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • साप्ताहिक राशिफल : आजदेखि साउन २४ गते शनिबारसम्म तपाईँको समय कस्तो चल्दैछ ? हेर्नुस्

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । आफ्नै भन्नेहरूले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाइरहेको पद गुम्ने खतरा रहेको छ, ध्यान दिनुहोला । तर, पनि शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । सेयरबजार तथा बित्तिय क्षेत्रमा लगानी गरि नाफा कमाउन सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।  

    images
    images

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादनमूलक क्षेत्र तथा शेयरबजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समय फलदायी रहेको छ । आँट साहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । तर पनि राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला । आलोचना गर्नेहरू सक्रिय हुनेछन् । बिरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
     
    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यावसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । शेयरबजार तथ वित्तीय संस्थामा लगानी गरि नाफा कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । तर पनि घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि, सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मन मुटाव सिर्जना हुनेछ । राजनीतिकर्मीका लागि समय अन्यदिन भन्दा मध्यम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    समय राम्रो रहेकोले व्यापार, शेयरबजार तथा व्यावसाय फस्टाएर जाने तथा सापटि दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धीमूलक यात्रा हुनेछ । नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरीहरूलाई सच्याउदै रचनात्मक काम गर्न सकिनेछ । विलासी वस्तुको प्रयोगमार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरूका लागि पद प्राप्तिको योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरूको लागि समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागि छोटो दुरिको यात्रा गर्न सकिनेछ । प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ । तर पनि दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ ।
     
    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
    अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । शेयरबजार तथा वित्तीय क्षेत्रला लगानी बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । तर पनि आफन्त तथा साथीभाइबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउनेहरू सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरूबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी वढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरू पूरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय तथा शेयर बजारबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरूका लागि समय उत्तम रहेको छ । र पनि दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दापछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    व्यापार तथा शेयर बजारमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्या अरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ । तर पनि यात्रा गर्दा ध्यान दिनुहोला । अरुकै लहैलहैमा लाग्नाले पढाइ लेखाइ बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलब्धि पनि गुम्न सक्छ । घरपरिवार तथा अग्रजहरूसँग मनमुटाव बढ्ने योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    भाग्यले साथ दिने हुनाले सानो लगानि तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ । तर पनि सङ्कट व्यावस्थापनमा चालिएका कदमहरू निअर्थक हुनेछन् । गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानीले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    अतिथिको रुममा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । व्यापारमा तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । तरपनि खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यावसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफुतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।
     
    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    व्यापारकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ । साथिसङ्गी तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । फेन्सी तथा विलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । तर पनि सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । बिलासी बस्तु तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । वाहिरी बातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । वित्तीय बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरि नाफा कमाउन सकिनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ । तर पनि भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । समय र कामको तालमेल नमिल्दा योजनाहरू थाती रहनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय