महाकाली सिँचाइ आयोजनाको १९ वर्ष : भौतिक प्रगति २६ प्रतिशत मात्र, भारतले पानी नदिँदा छैन सिँचाइ सुविधा

महाकाली सिँचाइ आयोजनाको १९ वर्ष : भौतिक प्रगति २६ प्रतिशत मात्र, भारतले पानी नदिँदा छैन सिँचाइ सुविधा

३ हजार हेक्टर क्षेत्रफलमा सुविधा पुर्‍याउनको लागि नहर प्रणाली बनिसकेको भए पनि भारतले नहरमा पानी छोड्न नमान्दा समस्या

शुक्रवार, साउन १६ २०८२
शुक्रवार, साउन १६ २०८२
  • महाकाली सिँचाइ आयोजनाको १९ वर्ष : भौतिक प्रगति २६ प्रतिशत मात्र, भारतले पानी नदिँदा छैन सिँचाइ सुविधा

    काठमाडौँ / महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति १९ बर्षमा २६ प्रतिशत मात्रै भएको छ । वि.सं. २०६३ सालबाट शुरु भएको महाकाली आयोजनामा हालसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको हो । 

    images
    images

    उर्जा जलस्रोत तथा मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सो जानकारी दिएकी हुन् । 

    उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनु अघि थोरै थोरै बजेट विनियोजन हुने र काम पनि अत्यन्तै सुस्त गतिमा भएको कारण ढिलाई भएको सचिव दवाडीको भनाइ छ।

    कञ्चनपुरको २८ हजार हेक्टर जमिनमा महाकाली नदीको पानीबाट तथा थप ५ हजार हेक्टरमा भूमिगत स्रोतबाट सिँचाई सुविधा पुर्‍याउने लक्ष्यसहित शुरु गरिएको आयोजनाअन्तर्गत ४८ किलोमिटर लामो मूल नहर निर्माणाधीन छ। 

    उनले आयोजनाको हालसम्म २८ किलोमिटर मूल नहर तथा शाखा नहरहरू निर्माण सम्पन्न भइसकेको बताइन्। हालसम्म आयोजनामार्फत ३ हजार हेक्टर क्षेत्रफलमा सुविधा पुर्‍याउनको लागि नहर प्रणाली बनिसकेको भए पनि भारतले नहरमा पानी छोड्न नमान्दा समस्या भएको उनको भनाइ छ। 

    सरकारले २०७७ सालमा महाकाली आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय