नवनिर्वाचित सिएनआई पदाधिकारीले गरे शिक्षामन्त्री पन्तसँग छलफल

नवनिर्वाचित सिएनआई पदाधिकारीले गरे शिक्षामन्त्री पन्तसँग छलफल

शुक्रवार, साउन १६ २०८२
शुक्रवार, साउन १६ २०८२
  • नवनिर्वाचित सिएनआई पदाधिकारीले गरे शिक्षामन्त्री पन्तसँग छलफल

    काठमाडौँ / नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सिपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । 

    images
    images

    उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको बताउँदै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सिप समिति गठन गरेको बताए । 

    अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरूसँग समझदारी गरेको जानकारी समेत गराए । 

    सो अवसरमा शिक्षा मन्त्री पन्तले उत्पादनसँग तालमेल हुने गरी शिक्षालाई जोड्न आवश्यक रहेको बताउँदै सो कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । 

    उनले शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको बताउँदै यसलाई उत्पादनसँग समेत जोड्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

    छलफलमा परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय