पर्यटकीय गन्तव्य बन्दै प्रकृतिको अनुपम उपहार ‘बुकीपाटन’  (तस्बिरहरू)

पर्यटकीय गन्तव्य बन्दै प्रकृतिको अनुपम उपहार ‘बुकीपाटन’  (तस्बिरहरू)

शुक्रवार, साउन १६ २०८२
शुक्रवार, साउन १६ २०८२
  • पर्यटकीय गन्तव्य बन्दै प्रकृतिको अनुपम उपहार ‘बुकीपाटन’  (तस्बिरहरू)

    बुकीपाटन क्षेत्र भेडापालनसँग जोडिएको कृषिजन्य गतिविधि र पर्यटनको महत्त्वपूर्ण केन्द्रको रूपमा विकास भइरहेको छ। यो क्षेत्र समुद्री सतहदेखि करिब चार हजार दुई सय मिटरको उचाइमा अवस्थित छ जहाँ बर्खाको समयमा बागलुङ, रोल्पा, रुकुम, डोल्पा र म्याग्दीका किसानहरूले भेडापालनका लागि पोषिलो घाँस पाएर आफ्नो भेडाका बथानहरू चर्दछन्। यहाँ व्यावसायिक रूपमा २०० देखि दुई हजारसम्म भेडापालन गर्ने किसानहरू छन्। 

    images
    images

    Dhorpatan (5).JPG

    यो क्षेत्रमा रहेका भेडाका बथानहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेका छन्। साथै, टीकाधारामा रहेको कालापत्थर र बुकीपाटनको गोठस्थान पनि पर्यटकका लागि मनमोहक स्थलहरू हुन्। 

    Dhorpatan (8).JPG

    गोठालाहरूले बर्खा याममा भोटेकुकुरको सहयोगमा भेडा चराउने काम गर्छन् र स्थानीयहरूले गर्पाछेडामा गोठस्टे सञ्चालन गरी पर्यटक सुविधा पनि प्रदान गरिरहेका छन्। 

    तस्बिर : सर्जना कार्की र डम्मर बुढामगर/रासस 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय