आज वि.सं.२०८२ साल साउन १५ गते, बिहीबार तदनुसार इस्वी सन् २०२५ जुलाई ३१ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, सप्तमी तिथी, चित्रा नक्षत्र, आनन्दादिमा-चर योग, चन्द्रराशि-कन्या, बिहान ११ः४९ बजेपछि तुला, खीर खाने दिन, तुलसीदास जयन्ती ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवनसाथीको सहयोग र बुद्धिमत्ताले आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिनेछ। व्यापार तथा शेयर बजारमा लाभ हुने सम्भावना छ भने नयाँ आम्दानीका स्रोत फेला पर्नेछन्। स्रोतसाधन जुटाएर प्रतिस्पर्धामा उत्रन सकिनेछ। वित्तीय समस्या सुल्झिएर स्थायित्व आउनेछ। यात्रासँगै व्यवसाय विस्तार हुनेछ। प्रतिष्ठित कार्यको अवसरले आत्मबल बढाउनेछ। मिहिनेतको सदुपयोगले दिगो लाभ दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित व्यक्तिसँगको प्रतिस्पर्धामा पनि अन्ततः आर्थिक लाभ तपाईँकै पक्षमा आउनेछ। व्यापारिक यात्रा र लगानीबाट मनग्य फाइदा मिल्नेछ। सन्तान र गुरुजनको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ। अध्ययन र खोजमूलक क्षेत्रमा प्रगति हुनेछ। नयाँ कामको थालनीले स्थायीत्व ल्याउनेछ। समस्या समाधानमा सहयोगीहरूको साथ प्राप्त हुनेछ। बुद्धिको प्रयोगले वित्तीय लक्ष्यमा पुग्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वित्तीय पेसा व्यवसायबाट आम्दानी बढ्नेछ भने सन्तानको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ। रोजगारीका नयाँ अवसर फेला पर्नेछन्। अध्ययनमा प्रगति हुँदै प्रतीक्षित नतिजा प्राप्त हुनेछ। बुद्धिको उपयोगले फाइदाको स्रोत पहिचान गर्न सकिनेछ। भूमि र पशुधनबाट लाभ हुनेछ। पुराना उल्झन सुल्झिनेछन्। हतारको निर्णयबाट जोगिएर अघि बढ्दा आर्थिक लाभ सुनिश्चित हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आमा वा आफन्तको सहयोगले आर्थिक तथा पेसागत क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिनेछ। शेयर बजार, व्यापार, वित्तीय र घरजग्गा क्षेत्रमा लगानीबाट लाभ हुनेछ। नयाँ सम्पर्कले रोकिएको काम अगाडि बढाउनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। यद्यपि, गलत व्यक्तिमा विश्वास गर्दा आर्थिक क्षति हुन सक्ने भएकाले सजग रहनुहोस्। नयाँ प्रस्ताव र अवसरले आम्दानी बढाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्रोतसाधन र समयको सदुपयोगले सानो लगानीबाट उल्लेखनीय आम्दानी गर्न सकिनेछ। सूचना प्रविधि, अनलाइन व्यापार, निर्माण तथा विलासी सामानमा लगानी लाभदायक हुनेछ। दाजुभाइको सहयोग र बोलीको प्रभावले काम बन्नेछ। नयाँ काम सुरु हुने सम्भावना छ भने पेसा व्यवसायबाट नाम, दाम र इनाम हात पर्नेछ। आर्थिक स्थायीत्वसहित व्यापार र अध्ययनमा प्रगति देखिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार र शेयर बजारमा लगानी बढाउन उपयुक्त समय रहेको छ। सानो प्रयासबाट उल्लेखनीय आर्थिक उपलब्धि मिल्नेछ। अधिकारी तथा आफन्तको सहयोगले कार्यमा सहजता आउनेछ। नयाँ कामको सुरुवात, आम्दानीका स्रोत विस्तार, र दिगो सम्झौताका सम्भावना छन्। ज्ञान, साहित्य र अध्ययनमा प्रगति हुनेछ। भौतिक साधन र यात्राले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको प्रस्ताव आउनेछ र वर्तमान पेसा-व्यवसायबाट मनग्गे आम्दानी हुने सम्भावना छ। पुँजी बजारमा गरिएको लगानी लाभदायक हुनेछ। अध्ययन, खोजमूलक र सामाजिक कार्यमा प्रगति हुँदै प्रतिष्ठा बढ्नेछ। समस्याबाट प्रेरणा मिलेर दीर्घकालीन फाइदाको मार्ग खुल्नेछ। खर्च बढ्न सक्ने भए पनि आजको श्रम भविष्यको लाभमा परिणत हुनेछ। नयाँ काम प्रारम्भ गर्ने अनुकूल समय हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय अनुकूल भएकाले विदेशी सामान, औषधी र स्वास्थ्य सामाग्री व्यापारमा आम्दानी बढ्नेछ। साझेदारीमा नयाँ व्यवसाय सुरु हुने सम्भावना छ। विदेश भाषा वा परराष्ट्रसम्बन्धी कामबाट पनि लाभ हुनेछ। पुँजी बजारमा लगानी लाभदायक रहनेछ। मिहिनेत र लगनशीलताले आम्दानीका स्रोत खुल्नेछन्। तर गैह्रन्यायिक कामबाट टाढा रहनुहोस्, नत्र दण्ड भोग्नुपर्न सक्छ। खर्च बढ्न सक्ने भएकाले वित्तीय सन्तुलनमा ध्यान दिनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका कामहरू बन्ने, व्यापार र शेयर बजारबाट आम्दानी बढ्ने समय हो। सञ्चित वा पैतृक धनको प्रयोगले आर्थिक लाभ हुनेछ। अध्ययनमा प्रतिस्पर्धीलाई उछिन्दै सफलता पाइनेछ। सेवामूलक र दीर्घकालीन लाभ हुने काममा प्रगति हुनेछ। व्यवसायमा केही अप्ठ्यारो आए पनि समझदारीले पार गर्न सकिनेछ। दिउँसोदेखि नयाँ आम्दानी स्रोत खुल्नेछ भने पहिलेका प्रयासले पनि फाइदा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा मन लाग्ने र अध्ययनकै सिलसिलामा यात्रा हुने समय छ। राज्यबाट अवसर मिल्नेछ भने शुभचिन्तकको सल्लाहले काम सहज हुनेछ। व्यापार र शेयर बजारमा लगानीले भविष्यमा आम्दानी बढाउनेछ। प्रेम र सामाजिक सम्बन्ध प्रगाढ हुनेछ। नयाँ काम र बढुवाको सम्भावना छ। बोली र बुद्धिको प्रभावले आर्थिक फाइदा हुनेछ। अभाव हट्दै नाम, दाम र इनाम प्राप्त हुनेछ। दिउँसोदेखि व्यवसायमा लाभ बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मध्यान्हदेखि चन्द्रमाको प्रभावले सानो प्रयासले उपलब्धि हासिल हुने समय हो। अध्ययन, अनुसन्धान र व्यापारमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सकारात्मक बनिरहनेछ। धार्मिक यात्रा सम्भावना छ। वैचारिक मतभेद आए पनि योजना बनाएर अघि बढ्नुपर्छ। गुरुजनको सल्लाहलाई ध्यान दिनुहोला। स्वास्थ्य र व्यवहारमा सजग रहन आवश्यक छ। दिउँसोदेखि काममा प्रभाव जमाउने अवसर प्राप्त हुनेछ। अवसरवादीबाट बचेर समुदायको हितमा काम गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो भएकाले नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने सम्भावना छ। गहिरो अध्ययन र अनुसन्धानले सफलता दिलाउनेछ। प्रेम र व्यापार दुवैमा प्रगति हुनेछ भने लगानी बढ्ने वातावरण बनेको छ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या आउन सक्छ। नयाँ सम्बन्धले खुसी ल्याउनेछ। कारोबार विस्तारका लागि नयाँ अनुबन्ध हुनेछन्। बिहानको समय विशेष कामका लागि लाभदायक हुनेछ। दिउँसो लोकाचारमा खर्च बढ्ने सम्भावना छ।