काठमाडौँ / हिमालयन बैंकको एफपीओ आज बिहान बाँडफाँट भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो।
सो सेयरमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत गरिएको बाँडफाँटमा कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्।
यसरी बाँडफाँट गर्दा शेष भएको ९ कित्ता सेयर सोही लगानीकर्ताहरूमध्ये २० कित्ताका लागि आवेदन दिनेहरूमा बाँडफाँट गरिएको छ।
यसअनुसार ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्।