images
Logo
images

बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

शुक्रवार, साउन ९ २०८२
शुक्रवार, साउन ९ २०८२
  • बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

    हेटौंडा / बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । 
    आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा पठाएका हुन् ।

    images
    images

    विविध कारणले जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख छ । 
    प्राप्त जानकारी अनुसार इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन मन्त्रीहरुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । बानियाँले लामाविरुद्ध अविश्वासको प्रस्ताव हालेर दलको नेता बन्न खाजेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय