आज वि.सं. २०८२ साल साउन ९ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, प्रतिपदा तिथी, तिष्य नक्षत्र, आनन्दादिमा–उत्पात योग, चन्द्रराशि–कर्कट ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्र कमजोर रहने संकेत छन्। समयमा काम नबन्नाले आम्दानी प्रभावित हुनेछ। व्यापारमा मन चिन्तित रहनेछ भने सहयोगको आशामा धोका पर्न सक्ने सम्भावना छ। घरजग्गा वा सवारीसाधन कारोबार गर्दा सावधानी अपनाउनुहोला। कृषि तथा पशुपालनमा लगानीले मात्र लाभ मिल्नेछ। आत्मविश्वास घट्नेछ, सजगता नअपनाउँदा अवसर गुम्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक क्षेत्र सबल रहनेछ। औद्योगिक व्यापारबाट नाफा कमाउन सकिनेछ भने नयाँ अवसरहरू प्राप्त हुनेछन्। लगनशीलता र प्रयासले मनग्य फाइदा मिल्नेछ। प्रविधिको प्रयोगले आम्दानीको स्रोत बढ्न सक्छ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। सफलताले आत्मबल बढाउनेछ, जसले दीर्घकालीन आर्थिक लक्ष्यमा सहयोग पुग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा मन्दी आउन सक्नेछ, लगानी रोक्दा उचित हुनेछ। फजुल खर्च र सोखले आर्थिक अभाव सिर्जना गर्न सक्छ। सञ्चित धनमा केही वृद्धि भए पनि खर्चले दबाब बढाउनेछ। अवसर हुँदाहुँदै पनि नियम नमान्दा फाइदा गुम्न सक्छ। परिश्रमबाट लाभ मिल्नेछ तर बोली र व्यवहारले आर्थिक सम्बन्धमा असर पर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रविधिको उपयोग र रचनात्मक काममार्फत आम्दानी बढ्नेछ। होटेल, रेस्टुरेन्ट तथा बोलेर व्यवसाय फस्टाउनेछ। आफन्तको सहयोग र धन परिचालनले आर्थिक पक्ष सबल हुनेछ। नयाँ प्रस्ताव र अवसरहरू प्राप्त हुनेछन्। छोटो समयमै प्रतिफल मिल्नेछ। प्रयत्नले दीर्घकालीन फाइदाको जग बस्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार वा नयाँ लगानी गर्दा सावधानी अपनाउनुहोला, प्रतिफल ढिलो हुन सक्छ। वैदेशिक रोजगार वा विदेशमा व्यवसाय गर्नेहरूका लागि समय लाभदायक रहनेछ। विदेशी लगानीबाट सञ्चालित संस्थाबाट फाइदा लिन सकिनेछ। फजुल खर्च र करकापमा गरिने निर्णयले आर्थिक असन्तुलन ल्याउन सक्छ। परिस्थिति हेरी सोचविचारपूर्वक कदम चाल्नु उत्तम हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्रोत साधन जुटेर व्यापार व्यवसाय फस्टाउनेछ। आम्दानीका नयाँ मार्ग खुल्नेछन् भने पहिलेका कामबाट पनि लाभ मिल्नेछ। दिगो फाइदा हुने काम सुरु गर्न अनुकूल समय हो। कृषि तथा पशुपालनबाट पनि आम्दानी बढ्नेछ। मेहनतले प्रशस्त धन आर्जन गर्न सकिनेछ। उठ्नुपर्ने रकम हात पर्ने सम्भावना बलियो छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार तथा उत्पादनमुखी व्यवसायमा लगानीबाट मनग्य आम्दानी हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ भने विशिष्ट व्यक्तिको सहयोगले आर्थिक लाभ बढ्नेछ। मेहनत र लगनशीलताले जीवनशैली सुधारिनेछ। नयाँ नोकरी वा स्थानान्तरणबाट आर्थिक पक्ष सबल हुनेछ। सामाजिक क्षेत्रबाट पनि दाम, इनाम र सम्मान प्राप्त हुने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक क्षेत्रमा अस्वस्थता र आलोचनाको प्रभावले मनोबल कमजोर बन्न सक्छ। सरकारी काममा ढिलाइले फाइदा गुम्ने सम्भावना छ। मेहनत गरे पनि सोचेअनुसार प्रतिफल मिल्ने छैन। नयाँ जिम्मेवारी आए पनि आम्दानी बढ्न केही समय लाग्नेछ। निर्णय र व्यवहारमा सतर्कता अपनाउनु आवश्यक छ, नत्र बोलिको विपरीत अर्थले हानि पुर्याउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हालको समय लगानीका लागि अनुकूल छैन, व्यापारमा पर्खनु नै उचित हुनेछ। आर्थिक चिन्ता बढ्नेछ भने आफन्तको सहयोग कमीले मन खिन्न बन्न सक्छ। दौडधुप धेरै गर्नुपरे पनि तत्काल फाइदा नदेखिन सक्छ। योजनाबद्ध प्रयासले मात्र सफलताको संकेत देखिन्छ। प्रविधि र सामाजिक सञ्जालको प्रयोगले विचार विस्तार गरी भविष्यका लागि अवसर सिर्जना गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार तथा उद्योगमा लगानीले आम्दानी बढ्नेछ। स्रोत साधन जुटेर व्यवसाय विस्तार हुनेछ भने आर्थिक पक्षमा सुधार आउनेछ। प्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ। पढाइ, लेखन र मनोरञ्जनमा समय बित्नेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा विजय हासिल हुनेछ र ईर्ष्यालुहरूले हार मान्नेछन्। न्यायिक पक्षमा सफलता मिल्नेछ। व्यापार लगानीले भविष्यमा नाफा दिनेछ। अधिकारीहरूसँग सम्पर्क बढेर विवाद समाधान हुनेछ। मेहनतले लक्ष्य पूरा हुने समय हो। नयाँ योजना शुभारम्भ गर्ने अनुकूल अवसर छ। तर फजुल खर्च बढ्ने सम्भावना रहेकाले सावधानी अपनाउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पढाइमा कमजोरीले प्रतिस्पर्धीहरू अघि लाग्नेछन्। खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या आउन सक्छ। प्रेममा अविश्वास बढ्ने सम्भावना छ। भौतिक सम्पत्ति प्रयोग गर्दा सावधानी आवश्यक छ। तर वंश वृद्धि र सन्तानको प्रगति देखिनेछ। समय र प्रविधिको गति सम्हाल्न नसक्दा योजना अधुरो रहन सक्छ। स्वास्थ्य र अध्ययनमा चुनौती आउन सक्छ, सतर्क रहनुहोस्।