काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निलम्बनमा परेका र कानूनीरूपमा मुद्दा लागेका मानिसलाई सरकारी कार्यक्रमको प्रमुख अथिति बनाउँदा संसदको अवमूल्यन हुने बताएका छन् ।
केही दिन अघि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रमको आयोजना गरी टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत प्रमुख अथितिको रूपमा उपस्थित भएका थिए ।
बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले सरकारी कार्यक्रममा बस्नेतको उपस्थिती संसदको अवमूल्यनका साथै नैतिकता र जन विश्वासमाथि ठूलो हमला भएको बताए ।
उनले भने, “यही संसदले सार्वजनिक पद अवलम्बन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानूनीरूपमा मुद्दा समेत लागेका मानिस प्रमुख अथितीको रूपमा आमत्रण गर्नु भनेको संसदको समेत अवमूल्यन हो साथै शासन प्रणाली, नैतिकता र जन विश्वासमाथि ठूलो हमला हो । त्यसैले गृहमन्त्रालयले यसको बारेमा आधिकारीक धारणा के हो जान्न चाहान्छु ।”
उनले संसदका सदस्यहरूले घुस काण्डको अडियो बाहिर आउनुसम्म पनि सुनुवाइ नभएको प्रति दुख व्यक्त गरे ।