गाडीमा १ सय ३३ किलो गाँजा बरामद

गाडीमा १ सय ३३ किलो गाँजा बरामद

मंगलवार, साउन ६ २०८२
मंगलवार, साउन ६ २०८२
  • गाडीमा १ सय ३३ किलो गाँजा बरामद

    रौतहट / रौतहट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित कार बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कारबाट १ सय ३३ किलो लागू औषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रहरी टोलीले मंगलवार बिहान चेकजाँच गर्ने क्रममा कार रोक्न खोज्दा चालकले तीब्र गतिमा गुडाएर भागेको थियो ।

    प्रहरी टोलीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी फेला परेको उनले जानकारी दिए । कारमा सवार व्यक्तीहरु उखुवारी हुँदै फरार भएकाले खोजी कार्य भइरहेको डिएसपी कार्कीको भनाइ छ ।

    प्रहरीले क्रेनको सहायताले कारलाई बाहिर निकालेर गाँजा काँटा गर्दा उक्त परिणाममा रहेको प्रहरीले उल्लेख गरेको छ । यस विषयमा  थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय