आज मिति वि.सं.२०८२ साल साउन ६ गते, मंगलबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २२ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, द्वादशी तिथि, मृगशिरा नक्षत्र, आनन्दादिमा–राक्षस योग, चन्द्र राशि–वृष, बिहान ८ः११ बजेपछि मिथुन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विवादित विषयहरूमा सफलता मिल्नेछ भने उद्योग, व्यापार र शेयर बजारमा लगानी बढाएर दीर्घकालीन आम्दानीको सम्भावना देखिन्छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु हुने समय हो। कृषिमा सामान्य तर व्यवसायमा राम्रो फाइदा हुनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। कर्म अनुसारको प्रतिफल पाइनेछ। आर्थिक दृष्टिले आजको दिन लाभदायक रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार र शेयर बजारमा फड्को मार्न सकिनेछ भने आयआर्जनमा उल्लेखनीय वृद्धि हुनेछ। ठूला व्यक्तिहरूको सहयोगमा विशेष काम सफल हुने योग छ। नयाँ कामको थालनी र प्रस्ताव आउन सक्छ। स्वास्थ्य सबल रहे पनि बोलीमा संयमता आवश्यक छ। खर्च बढ्न सक्छ तर दीर्घकालीन आर्थिक लाभ मिल्ने सम्भावना छ। धैर्यले सफलता दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शेयर बजार र व्यापारमा राम्रो लाभ हुने समय छ। रोकिएका काम बन्नु, प्रतिस्पर्धामा सफलता र वैदेशिक रोजगारीको अवसरले आर्थिक उत्साह बढाउनेछ। कीर्तिमानी कार्यको यश मिल्नेछ भने प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। फजुल खर्चबाट बच्नुपर्छ। सहयोगी हात बढ्नेछन्। विलासिता र आम्दानी दुबै बढ्ने अनुकूल समय रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विदेशी व्यापार, शेयर बजार, स्वास्थ्य सामग्री र खाद्यान्न व्यापारबाट नाफा कमाउन सकिनेछ। नयाँ लगानी र मेहनतबाट लाभ मिल्ने समय हो। कृषि र पशुपालनबाट आम्दानी सम्भव छ। तर, खर्चिलो कामले अर्थअभाव ल्याउन सक्छ। आम्दानी हुँदा पनि खर्च बढ्नेछ। विदेशी रोजगारी वा अध्ययन यात्राको अवसर रहन सक्छ। सावधानीपूर्वक काम गर्न जरुरी छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार, उद्योग र शेयर बजारमा लगानीबाट आम्दानी बढ्नेछ। थोरै लगानीबाट पनि फाइदा लिन सकिने समय हो। साझेदारी, सट्टापट्टा र सञ्चित धनको प्रयोग लाभदायक हुनेछ। रोकिएका काम बन्ने र नयाँ अवसरहरू आउनेछन्। पदोन्नति, प्रशंसा र श्रमको उचित मूल्यांकन पाइनेछ। आयआर्जनका स्रोत खुल्नेछन्। आर्थिक सफलता र मनोकामना पूरा हुने योग बलियो छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शेयर बजार, उद्योग, कृषि र पशुपालन व्यवसायबाट मनग्य धन आर्जन हुने समय हो। विशिष्ट व्यक्तिको सहयोगले व्यापार र कर्ममा फाइदा मिल्नेछ। पदीय अवसर र प्रतिष्ठा प्राप्त हुने योग छ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। खर्च बढे पनि कीर्तिमानी कामबाट दाम, इनाम र सम्मान प्राप्त हुनेछ। आत्मविश्वास र धैर्यले सफलता सुनिश्चित हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार, शेयर बजार र प्रतिष्ठित काममार्फत आम्दानी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोगले रोकिएका कार्य अगाडि बढ्नेछन्। खोज, अनुसन्धान र धार्मिक यात्राबाट लाभ मिल्नेछ। मेहनतले कीर्तिमानी सफलता र सामाजिक नेतृत्व हातलागी हुने समय हो। आर्थिक समस्या हल भई मन प्रसन्न रहनेछ। लगनशीलताले अवसर दिलाउनेछ, तर स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार र शेयर बजारमा लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ। नसोचेको धन र उपहार प्राप्त हुने सम्भावना छ। बोलीको प्रभावले नाम र सम्मान बढ्नेछ। जीवनसाथी र आफन्तको सहयोगले नयाँ कार्य सुरु गर्न सकिनेछ। यद्यपि मिहिनेत धेरै लाग्नेछ र तत्काल फाइदा सीमित हुन सक्छ। स्वास्थ्यमा कमजोरी र परिबन्धजन्य अप्ठ्यारो पनि देखिन सक्छ, सतर्कता आवश्यक छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पर्यटन, व्यापार र शेयर बजारमा लगानीबाट आम्दानी बढ्ने समय हो। रमाइलो यात्रा र प्रियजनसँगको भेटघाटले उत्साह थपिनेछ। बुद्धिको प्रयोगले प्रतिस्पर्धामा सफलता मिल्नेछ। पेसा व्यवसायमा विशेष लाभ हुनेछ। पढाइमा राम्रो नतिजा आउँदा आफन्त खुसी हुनेछन्। नयाँ ज्ञान, सम्मान र भौतिक साधन प्राप्त हुने समय हो। तर खर्चमा संयमता आवश्यक छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
न्यायिक निर्णय र पराक्रमले शत्रु परास्त हुनेछ। विद्या, अध्ययन र प्रतिस्पर्धामा सफलता पाइनेछ। व्यापार, शेयर बजार र उद्योगमा लगानीले दिगो लाभ दिलाउनेछ। पुराना रोकिएका काम बन्नेछन् भने नयाँ आर्थिक अवसरहरू शुरु हुनेछ। स्वास्थ्य कमजोर भए पनि धैर्य र मेहनतले उपलब्धि मिल्नेछ। प्रतिस्पर्धामा विजयी भएर अधिकार स्थापित हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वंश वृद्धि र परिवारको प्रगतिले मन रमाउनेछ। बौद्धिक क्षेत्रमा लगानीले धन आर्जन हुनेछ। छोटो यात्राको अवसर र माङ्गलिक कार्यक्रममा भाग लिन पाइनेछ। वित्तीय बजारमा लगानी लाभदायक हुनेछ। तर पारिवारिक चिन्ता र असन्तुष्टिले मन अशान्त हुनेछ। परिस्थिति अनुकूल नहुँदा ढिलासुस्ती हुन सक्छ। धैर्य र गोप्य योजना अगाडि बढाउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि, पशुपालन, व्यापार र शेयर बजारबाट आम्दानी बढ्नेछ। रोकिएका काममा गति आउनेछ भने लामो यात्राले लाभ दिलाउनेछ। प्रेम र आफन्तसँग सम्बन्ध सुमधुर हुनेछ। तर स्वास्थ्यमा केही चुनौती रहन सक्छ। कमजोर निर्णयले अवसर गुम्न सक्छ र आर्थिक मन्दीको सम्भावना छ। योजना गोप्य राखेर सावधानीपूर्वक अघि बढ्नु जरूरी छ।