images
Logo
images

बिवाइडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

बिवाइडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • बिवाइडीले उत्पादन गर्यो १ करोड ३० लाख न्यु इनर्जी भेइकल, उत्पादनका साथ मनायो उत्सव

    न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बिवाइडीले १ करोड ३० लाखौँ युनिट सवारी साधन उत्पादन गरेर एक महत्त्वपूर्ण कोशेढुङ्गा (माइलस्टोन) हासिल गरेको छ ।

    images
    images

    चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रूपमा याङवाङ यु७ लाई कम्पनीले १ करोड ३० लाखौँ सवारीको रूपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो । 

    सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बिवाइडीको बिक्री लगातार रूपमा बढिरहेको छ । गत जनवरीदेखि जुनसम्मको अवधिमा बिवाइडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ ।

    त्यसैगरी, यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ । 

    यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बिवाइडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । 

    प्रोडक्सन लाइनमा १ करोड ३० लाखौँ सवारीको रूपमा न्यु इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बीवाईडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरूको आशा र विश्वासलाई प्रतिविम्बित गरेको छ । 

    याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रूपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको छ । 

    याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यु इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय