आज मिति वि.सं.२०८२ साल आषाढ २४ गते, मंगलबार तदनुसार ईश्वी सन् २०२५ जुलाई ८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायण, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, त्रयोदशी तिथी, ज्येष्ठा नक्षत्र, आनन्दादिमा–मुद्गर योग, चन्द्रराशि–वृश्चिक ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसाय र आर्थिक क्षेत्रमा चुनौतीपूर्ण समय देखिन्छ। व्यापार खस्किने, ऋणको दबाब, र शत्रु वा रोगले दैनिक काम प्रभावित पार्न सक्छ। योजना तत्काल नगर्नु उपयुक्त हुनेछ। भौतिक सम्पत्तिको प्रयोगमा सावधानी आवश्यक छ। यद्यपि, आकस्मिक धनलाभको योग छ र शुभचिन्तकको सहयोगले केही राहत मिल्नेछ। कार्यक्षेत्रमा संयमता आवश्यक छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक क्षेत्र सकारात्मक देखिन्छ। व्यापार र शेयर बजारबाट राम्रो लाभ मिल्नेछ भने साझेदारी कारोबारले थप फाइदा दिनेछ। यात्राले व्यवसायिक सञ्जाल विस्तारमा मद्दत पुर्याउनेछ। जीवनसाथी र मित्रको सहयोगले नयाँ योजना अघि बढ्न सक्छ। भौतिक साधनको प्रयोगले काम सहज हुनेछ। प्रतिष्ठित कार्यबाट सम्मान र मनग्य प्रतिफल प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक दृष्टिले यो समय लाभदायक रहनेछ। व्यापार र शेयर बजारबाट मनग्य फाइदा हुनेछ भने पुराना ऋण तथा आर्थिक समस्याहरू समाधान हुनेछन्। प्रतिस्पर्धामा अग्रस्थान हासिल गरी सम्मान प्राप्त हुनेछ। बुद्धिको प्रयोगले आर्थिक चुनौती पार गर्न सकिनेछ। मावली पक्षको सहयोग, नयाँ अवसर र न्यायिक मामिलामा सफलता प्राप्त हुनेछ। आकस्मिक खर्च भने बढ्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक क्षेत्रमा लामो समयदेखि रोकिएको काम सफल हुँदै धन, सम्पत्ति र फाइदाको स्रोत जुट्नेछ। सेवामूलक काम र बौद्धिक क्षमताबाट आम्दानी बढ्नेछ। मित्र, गुरुजन र सन्तानको सहयोगले लक्ष्यतर्फ पुग्न सकिनेछ। पढाइमा सुधार, व्यवसायिक सफलता र सम्मान प्राप्त हुने समय रहेको छ। लगनशील प्रयासले दिगो लाभ र आत्मसन्तुष्टि मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा समय बढी खर्चिए पनि कृषि र पशुपालनमा लगानीले सन्तोषजनक आम्दानी दिनेछ। जग्गा समस्याको समाधानले आर्थिक ढोका खोल्न सक्छ। परिवारमा मनमुटाबले प्रभाव पार्न सक्ने हुँदा सन्तुलन आवश्यक छ। प्रतिष्ठा खोज्दा असन्तोष हुन सक्छ, तर लगनशील प्रयासले भविष्यमा लाभ दिलाउने संकेत छन्। प्रयास गर्दा अकल्पनीय काम पनि सफल बन्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्रमा आँट र परिश्रमले सफलता दिलाउनेछ। उद्योग, शेयर बजार र उत्पादनमुखी क्षेत्रमा लगानीबाट आम्दानी बढ्नेछ। नयाँ आयस्रोत खुलेर जानेछ भने साझेदारी कारोबारबाट पनि लाभ मिल्नेछ। लेखन, कला र सिर्जनशील काममा सफलता पाइने समय हो। रोकिएका काम बन्नेछ, व्यापारमा फड्को मार्ने मौका प्राप्त हुनेछ। श्रमको उचित मूल्य पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार तथा शेयर बजारमा गरिएको लगानीबाट आर्थिक लाभ मिल्नेछ। सञ्चित सम्पत्तिको सदुपयोग गरी आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ। बिग्रिएको काम पुनः बन्नेछ, नयाँ काममा जोश थपिनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। गीतसंगीत तथा सिर्जनात्मक क्षेत्रमा लाग्नेलाई अवसर प्राप्त हुनेछ। लगनशील प्रयासले आर्थिक र व्यावसायिक सफलता दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कामको अवसर र चलिरहेको कामबाट राम्रो आम्दानी हुनेछ। राजनीतिक वा सामाजिक सक्रियताले पद र मानसम्मान दिलाउनेछ। बिछोडिएका आफन्तसँगको भेट र विशिष्ट व्यक्तिको सहयोगले चुनौतीपूर्ण काम सफल बन्नेछ। कानुनी पक्ष बलियो रहनेछ। यद्यपि, फजुल खर्च र अद्यावधिक ज्ञानको कमीले काममा केही चुनौती आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक रोजगारी, व्यापार र लगानीका अवसरहरूले आर्थिक पक्ष सबल बनाउनेछ। विदेशी सामग्रीको कारोबार फस्टाउनेछ भने अन्तर्राष्ट्रिय संस्थामा रोजगारीको सम्भावना पनि उच्च छ। खर्च बढे पनि दिगो योजनाका लागि ऋण उपयोगी हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। अवसर प्राप्त हुनेछ, तर त्यससँगै चुनौती पनि आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार, शेयर बजार र औद्योगिक क्षेत्रमा लगानीले आर्थिक अवस्था सुदृढ बनाउनेछ। रोकिएका कामहरू तीव्र गतिमा अघि बढ्नेछन् भने बैक तथा वित्तीय क्षेत्रमा आम्दानी बढ्ने सम्भावना छ। माया प्रेममा आत्मीयता बढ्नेछ। पुरुषार्थले समाजमा सम्मान कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा केही चुनौतीहरू आए पनि मिहिनेतले सफलता दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न क्षेत्रबाट नयाँ काम र पदोन्नतिको अवसर आउनेछ भने शेयर बजारलगायत लगानीबाट नाफा कमाउने योग छ। पिताको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्नेछ। राजनीति र समाजसेवामा मानसम्मान बढ्नेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। तर बेसुरे काम गर्ने बानीले चुनौती ल्याउन सक्छ। मिहिनेतले दीर्घकालीन सफलताको बाटो खोल्नेछ। स्वार्थी नजिकिनेलाई सचेत रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक प्रतिष्ठान र मन्दिर तर्फको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइ र आफन्तको सहयोगले नयाँ योजना कार्यान्वयनमा जान्छ। आर्थिक रूपमा थोरै लगानीबाट राम्रो आम्दानी हुने मौका छ। उद्योग र व्यापारमा फाइदा मिल्नेछ। सामाजिक र धार्मिक कामले प्रतिष्ठा बढाउनेछ। विद्यार्थीहरूको पढाइमा सुधार हुनेछ। चुनौती हट्दै सफलताले साथ दिनेछ ।