मन्जुश्री फाइनान्सले ल्यायो परिमार्जित वेबसाइट सार्वजनिक, थप ग्राहकमैत्री सेवा सुविधासहित

मन्जुश्री फाइनान्सले ल्यायो परिमार्जित वेबसाइट सार्वजनिक, थप ग्राहकमैत्री सेवा सुविधासहित

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • images
    images
    मन्जुश्री फाइनान्सले  ल्यायो परिमार्जित वेबसाइट सार्वजनिक, थप ग्राहकमैत्री सेवा सुविधासहित
    images
    images

    काठमाडौं/ मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो परिमार्जित तथा अत्याधुनिक वेबसाइट औपचारिक रूपमा सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको यो नयाँ वेबसाइट ग्राहक मैत्री र अत्यन्तै जानकारीमूलक रहेको छ।

    ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै वेबसाइटलाई प्रयोगकर्ता मैत्री बनाइएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले जानकारी दिनुभयो। तिमिल्सिनाका अनुसार, परिमार्जित वेबसाइटबाट प्रयोगकर्ताहरूले संस्थाको बारेमा जानकारी, प्रोडक्ट तथा सेवासम्बन्धी विवरण, पब्लिक डिस्क्लोजर अन्तर्गतका सम्पूर्ण सामग्रीहरू सजिलै प्राप्त गर्न सक्नेछन्।

    यस वेबसाइटमार्फत ग्राहकहरूले अनलाइन खाता खोल्ने सुविधा, अनलाइन फिक्स्ड डिपोजिट (FD) तथा वेब बैंकिङ प्रयोग गरी आफ्नै खाताबाट कारोबार गर्न सक्ने सुविधा पनि प्राप्त हुने बताइएको छ।

    संस्थाका अनुसार, नयाँ वेबसाइटले ग्राहक सेवा प्रणालीलाई थप मजबुत र प्रभावकारी बनाउने विश्वास गरिएको छ। साथै, पब्लिक डिस्क्लोजरमा थप पारदर्शिता ल्याउन यसले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    उन्नत प्रविधिको प्रयोगमा अग्रसर मन्जुश्री फाइनान्सले सधैं ग्राहकलाई लक्षित गर्दै नयाँ सेवाहरू ल्याउने क्रम जारी राखेको छ। हालसम्म संस्थाले २७ शाखा र १ विस्तारित काउन्टरमार्फत सेवा विस्तार गर्दै आएको छ।

    करिब १८.२ अर्ब रुपैयाँको कर्जा प्रवाह गरिसकेको फाइनान्सले हालसम्म २२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरिसकेको छ। आकर्षक ब्याजदरमा निक्षेप संकलन र सुलभ दरमा कर्जा प्रदान गर्दै आएको मन्जुश्री फाइनान्सले हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ।

    देशकै अग्रणी फाइनान्स कम्पनीका रूपमा परिचित मन्जुश्री फाइनान्सले डिजिटल बैंकिङ र पारदर्शिता दुवै पक्षमा अब्बल सेवा दिन प्रतिवद्ध रहेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com