मङ्गलबारको राशिफल : आजको दिन कसका लागि लाभदायक, कसका लागि हानी ?

मङ्गलबारको राशिफल : आजको दिन कसका लागि लाभदायक, कसका लागि हानी ?

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • images
    images
    मङ्गलबारको राशिफल : आजको दिन कसका लागि लाभदायक, कसका लागि हानी ?
    images
    images

    आज मिति वि.सं. २०८२ साल आषाढ १७ गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, षष्ठी तिथी, दिउँसो  १२ः२८ बजेपछि सप्तमी, पूर्वाफाल्गुनी नक्षत्र, आनन्दादिमा–धुम्र योग, चन्द्रराशि–सिंह ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक क्षेत्रले सकारात्मक संकेत दिइरहेको छ। पुँजी बजारमा स्थिरता देखिँदैछ, व्यापार र शेयरबजारमा लगानीले राम्रो प्रतिफल दिन थालेको छ। व्यापारिक यात्राहरू लाभदायक भइरहेका छन् भने रोकिएका काम अगाडि बढ्न थालेका छन्। भौतिक सम्पत्ति र आकस्मिक लाभले आर्थिक हौसला बढेको छ। मिहिनेतले अधिकार स्थापित गर्दै दिगो आर्थिक सफलताको आधार तयार भइरहेको छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आर्थिक क्षेत्रमा मिहिनेत र संयमता आवश्यक देखिन्छ। वित्तीय लगानीबाट आम्दानी सम्भव भए पनि प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्नेछ। सवारी तथा अन्य व्यवसायमा लाभ लिन मेहनत गर्नुपर्छ। स्वास्थ्य र मानसिक सन्तुलनमा ध्यान दिनुपर्छ, नत्र निर्णय क्षमतामा असर पर्न सक्छ। परिवार र समाजमा सन्तुलित व्यवहारले दीर्घकालीन आर्थिक र सामाजिक लाभ दिनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    वर्तमान आर्थिक परिवेशमा नयाँ काम र लगानीको राम्रो सम्भावना देखिन्छ। उद्योग, व्यापार तथा शेयरबजार फस्टाउँदै गएका छन् भने श्रमको उचित मूल्य पाउन थालिएको छ। आट र आत्मविश्वासले आर्थिक लक्ष्यमा पुग्न सकिनेछ। आर्थिक कारोबार सामान्य लाभदायक रहनेछ। भूमि, पशुधन र वित्तीय लगानीबाट लाभ सम्भव छ। सामाजिक(राजनीतिक चिन्ताबाट राहत मिल्दै आर्थिक गतिशीलता बढ्ने संकेत छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक क्षेत्रमा आजको दिन उत्साहजनक देखिन्छ। उद्योग, व्यापार तथा सृजनात्मक क्षेत्रमा लगानी गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। कुटुम्ब र जीवनसाथीको सहयोगले उत्पादनमुखी काम अघि बढ्नेछ। रोकिएका कामहरू बन्नेछन् भने नयाँ काम थालनीका लागि उपयुक्त समय हुनेछ। कलाकारिता र मिडिया क्षेत्रमा दाम र नाम कमाउने सम्भावना देखिन्छ। व्यापारमा साँझतिर उल्लेखनीय लाभको संकेत छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक क्षेत्रमा नयाँ प्रविधिको प्रयोग र परिश्रमले सफलता सुनिश्चित देखिन्छ। व्यापार बिस्तारका लागि अनुकूल समय हो, विशेषगरी डिजिटल माध्यम र सृजनशील प्रयास लाभदायक हुनेछन्। शिक्षा र रोजगारीमा सुधारको संकेत छ भने पदोन्नति तथा नयाँ अवसर प्राप्त हुने सम्भावना उच्च छ। स्थायी फाइदा दिने काम सुरु गर्न सकिनेछ। प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध विस्तार र मान–सम्मान प्राप्त हुने समय हो, जसले दीर्घकालीन आर्थिक उचाइ दिलाउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आर्थिक क्षेत्रमा आज मिश्रित संकेत देखिन्छ। विदेशी व्यापार र रोजगारीमा सफलता मिल्नेछ भने वैदेशिक लगानीको सम्भावना पनि राम्रो छ। स्वदेशमा उत्पादन भएका वस्तुहरूको व्यवसायमा समय र परिश्रम बढी लाग्नेछ। खर्च धेरै भए तापनि दीर्घकालीन सञ्चयका लागि आजको मिहिनेत लाभदायी हुनेछ। तयारी बिना निर्णय लिनु घातक हुन सक्छ। नयाँ योजना थाल्न उपयुक्त समय रहेकाले योजनाबद्ध ढंगले अघि बढ्दा दीर्घ फाइदा मिल्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक क्षेत्र आज आशाजनक देखिए पनि खर्च र ऋणप्रतिको सचेतता आवश्यक छ। व्यापार, शेयर बजार र पैतृक सम्पत्तिबाट आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। अध्ययन, रोजगारी र पदोन्नतिमा सुधारको समय हो। आत्मबल बढाउने अवसरहरू प्राप्त हुनेछन्। तर, साँझतिर खर्च र अर्थ अभाव देखिन सक्छ, जसले ऋण वा सरसापटको आवश्यकता ल्याउन सक्छ। योजनाबद्ध खर्चले दीर्घकालीन आर्थिक स्थायित्व कायम गर्न मद्दत गर्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आर्थिक क्षेत्र आज स्थिर र सम्भावनायुक्त देखिन्छ। लगानीबाट लाभ मिल्नेछ भने व्यापार, शेयर बजार, कृषि तथा पशुपालनमा गरिएको प्रयास फलदायी हुनेछ। अध्ययन र बौद्धिक प्रयासले भविष्यको आर्थिक आधार बलियो बनाउनेछ। सामाजिक प्रतिष्ठा र राजनीतिक सक्रियताले नयाँ अवसर दिलाउन सक्छ। यद्यपि, केही विवादास्पद जिम्मेवारीले तनाव दिन सक्छ, र प्रतिफल अरूले लिन सक्ने सम्भावना छ। साँझतिर आम्दानीका नयाँ स्रोत खुल्नेछ, उठ्न बाँकी रकम प्राप्त हुने समय हो। योजनाबद्ध ढंगले अघि बढ्दा दीर्घ फाइदा सुनिश्चित हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आर्थिक क्षेत्रमा आजको दिन सानो लगानीबाट मनग्गे आम्दानीको सम्भावना देखिन्छ। बौद्धिकता र रचनात्मक क्षमताको प्रयोगले सफलता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिको सहयोग र सामाजिक नेतृत्वको अवसरले आर्थिक लाभसँगै प्रतिष्ठा पनि बढ्नेछ। पेसा–व्यवसायमा लाभदायक परिणाम मिल्नेछ। विलासी तथा मनपर्ने वस्तुहरू प्राप्त हुनेछन्। यद्यपि, साँझतिर आफ्ना प्रयासको श्रेय अरूले लिन सक्ने सम्भावनाले सतर्क रहनु पर्ने समय हो। योजनाबद्ध ढंगले अघि बढ्दा दीर्घ फाइदा हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आर्थिक र सामाजिक क्षेत्रमा आज चुनौतीपूर्ण समय छ। व्यापार व्यवसायमा लगानी गर्दा घाटा लाग्न सक्ने भएकाले सतर्कता आवश्यक छ। परिवार र आफन्तबीच विवाद बढ्ने सम्भावना छ, जसले मनोबल कमजोर पार्न सक्छ। स्वास्थ्यमा कमजोरी देखिनेछ र सानोतिनो समस्या सताउन सक्छ। तर साँझतिर नयाँ योजना बनाएर अघि बढ्दा आम्दानीका अवसर खुल्नेछन्। कठिनाइका बाबजुद मिहिनेत गर्दा रोकिएका कामहरू गति लिनेछन् र स्थितिमा सुधार आउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    सामाजिक र आर्थिक क्षेत्रमा आज सफलता र समृद्धिका संकेत देखिन्छन्। सामाजिक कार्यहरूमा सफलता मिल्नेछ भने व्यापार र शेयर बजारबाट मनग्गे नाफा कमाउन सकिनेछ। दाम्पत्य जीवन सुमधुर र सहयोगी रहनेछ। विद्यार्थीहरूलाई गुरुजनको साथले पुरस्कार तथा प्रशंसा मिल्नेछ। रमाइलो यात्रा र प्रियजनसँग भेटघाटले दिन खुशीमय बनाउनेछ। स्वास्थ्यमा सावधानी अपनाउनुपर्दा पनि जोस–जाँगर बढ्नेछ। साँझतिर केही काम बिग्रने सम्भावना रहे पनि समग्रमा आर्थिक र सामाजिक प्रगति देखिन्छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आर्थिक र सामाजिक क्षेत्रमा आज उत्साहजनक प्रगति देखिन्छ। सन्तानको प्रगतिको खबरले मन प्रसन्न हुनेछ भने कार्यक्षेत्रमा गरेको मेहनतको प्रशंसा हुनेछ। बौद्धिकता र तार्किक क्षमताले चुनौतीहरूलाई सजिलै समाधान गर्नेछ। प्रेम सम्बन्ध सुमधुर रहँदा विवादमा पनि विजय प्राप्त हुनेछ। आर्थिक अवस्था सुदृढ हुँदै व्यापार र व्यवसायमा मनग्गे लाभ हुनेछ। नयाँ आयआर्जनका स्रोत फेला पर्नेछन् तर किनमेलमा खर्च बढ्ने सम्भावना छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com