नेप्से परिसूचक उकालो लागेको बजारमा घट्यो कारोबार रकम, कसले कति कमाए ? कति गुमाए ?

नेप्से परिसूचक उकालो लागेको बजारमा घट्यो कारोबार रकम, कसले कति कमाए ? कति गुमाए ?

सोमवार, असार १६ २०८२
सोमवार, असार १६ २०८२
  • images
    images
    नेप्से परिसूचक उकालो लागेको बजारमा घट्यो कारोबार रकम, कसले कति कमाए ? कति गुमाए ?
    images
    images

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ९.१९ अङ्कले बढेर २६३१.४८ अङ्कमा पुगेको छ । यसअघि आइतबार नेप्से २६.५३ अङ्कले बढेर २६२२.२८ अङ्कमा पुगेर रोकिएको थियो ।

    यस दिन सेन्सेटिभ इन्डेक्स १.९५ अङ्कले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अङ्कले बढेको थियो । फ्लोट इन्डेक्स ०.७७ अङ्कले बढेको छ त्यसैगरी आज सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८१ अङ्कले बढेको छ । 

    अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केही घटेको छ । आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर कारोबार भएको छ । आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर खरिद बिक्री भएको थियो । 

    सोमबार सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.६३ प्रतिशतले बढेको छ भने लघुवित्त ०.९२ प्रतिशत, जीवन बिमा ०.८२ प्रतिशत, विकास बैंक र व्यापार समूह ०.७२ प्रतिशतले बढेको छ । आज कारोबारमा आएकामध्ये वित्त, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य सेक्टरको परिसूचक भने घटेको छ । जसमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ०.३६ प्रतिशतले घटेको छ । 

    यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्यमा ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य आज ३२.४८ रुपैयाँले बढेर ३५८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । धौलागिरी लघुवित्त वित्यि संस्था लिमिटेडको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै १३०.५६ रुपैयाँले बढेर १४६२.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य पनि १७७.२२ रुपैयाँले बढेर २१११.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यस्तै, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य पनि क्रमशः ७.८१ र ७.२१ प्रतिशतले बढेको छ ।

    यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रो पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ भने ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रोको सेयर मूल्य क्रमशः ४.६५ र ३.७५ प्रतिशतले घटेको छ ।
    आज साहस उर्जा लिमिटेड, सानीमामाई हाइड्रो पावर बुटवल पावर कम्पनी र सप्तकोशी हाइड्रोको सेयर सर्वाधिक कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com