सोमबारको राशिफल : आजको दिन तपाइँको लागि कति शुभ कति अशुभ ?

सोमबारको राशिफल : आजको दिन तपाइँको लागि कति शुभ कति अशुभ ?

सोमवार, असार १६ २०८२
सोमवार, असार १६ २०८२
  • images
    images
    सोमबारको राशिफल : आजको दिन तपाइँको लागि कति शुभ कति अशुभ ?
    images
    images

    आज मिति वि.सं. २०८२ साल आषाढ १६ गते, सोमबार तदनुसार ईश्वी सन् २०२५ जुन ३० तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायण, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, पञ्चमी तिथी, मघा नक्षत्र, १०ः२७ बजेपछि पूर्वाफाल्गुनी, आनन्दादिमा–ध्वांक्ष योग, चन्द्र राशि–सिंह ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक क्षेत्रमा लगानीबाट फाइदा मिल्नेछ। रोकिएका काम अगाडि बढ्नेछन्। साथीभाइ र आफन्तको सहयोगले व्यापारमा सफलता आउनेछ। बौद्धिक क्षमताको प्रयोगले प्रतिष्ठा बढ्नेछ। प्रविधिको प्रयोगले आम्दानीका स्रोत विस्तार हुनेछ। दीर्घकालीन योजना सफल बन्दै गइरहेको छ। आँट र मेहनतले आर्थिक उन्नति सम्भव छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आर्थिक क्षेत्रमा सावधानी अपनाउनु पर्ने समय छ। शेयर बजार र व्यापारमा लगानी फस्टाउनेछ, तर आत्मविश्वासको कमीले अवसर छुट्न सक्छ। सानो प्रयासले फाइदा मिल्नेछ, तर निर्णय गर्न ढिला हुँदा काम अरूले लिने सम्भावना छ। फजुल खर्च नियन्त्रण गर्नुपर्छ। भूमि र पशुधनबाट लाभ मिल्नेछ। कमजोरी सुधार्दै मिहिनेत गरे सफलता पाउन सकिन्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    छोटो रमाइलो यात्राले ऊर्जा मिल्नेछ। खोजमूलक र आम्दानी बढाउने काम समयमै सम्पन्न भई आर्थिक स्थिति मजबुत बन्नेछ। दाजुभाइको सहयोगले पेसागत लाभ हुनेछ। पुरानो लगानीले फाइदा दिलाउनेछ। मिहिनेतको प्रतिफल पाइनेछ। प्रेम र मित्रता प्रगाढ बन्नेछ। व्यापारमा निर्णय लिनुअघि सल्लाह गर्नुपर्ने समय हो। धैर्यले सफलता सुनिश्चित हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सेयर र व्यापारमा लगानी फस्टाउँदै आर्थिक आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा निर्णयको सम्मान हुनेछ। नयाँ योजना निर्माण र बौद्धिक क्षमता प्रदर्शनको अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत विस्तार भई दिगो फाइदा हुने सम्झौता सम्भव छ। बोलिको माधुर्य र बुद्धिले सम्बन्ध सुधारिनेछ। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। सञ्चित धनमा वृद्धि भई सुखद् समाचारले उत्साह दिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार, सेयर र उद्योगमा लगानीबाट नाफा बढ्नेछ। समयमै काम सम्पन्न भई नाम र दुवै कमाइ हुनेछ। अध्ययनमा सानो प्रयासले ठूला उपलब्धि मिल्नेछन्। पहिरन र व्यक्तित्वले आकर्षण बढ्नेछ। नयाँ कामको प्रस्ताव आउँदा सहयोगीहरू भेटिनेछन्। पारिवारिक सम्बन्ध मजबुत हुँदै बिछोडिएका आफन्तसँग भेट हुनेछ। आत्मविश्वासले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    स्वदेशी उत्पादन घटे पनि विदेशी सामानको व्यापार फस्टाउनेछ। स्वास्थ्यमा खर्च बढ्न सक्छ, अनावश्यक खर्चले आर्थिक बोझ थपीनेछ। न्यून पारिश्रमिकमा समय खर्चिनुपर्ने हुनाले अन्य काम प्रभावित हुनेछन्। अवसरका लागि दौडधुप गर्नुपर्ला, व्यवसायमा लगानी बढाउनु उपयुक्त हुनेछ। आकस्मिक खर्चले समस्या ल्याए पनि कर्जा वा सरसापटबाट धन जुट्नेछ। यात्रा अवसर मिल्नेछ, तर उपलब्धिमा सतर्क रहनुहोस्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    रोकिएका कामहरू बन्नेछ र व्यापार–सेयर बजारबाट आम्दानी बढ्नेछ। परिवारको साथले व्यवसायमा सहजता आउनेछ। पैतृक वा सञ्चित धन प्रयोगले थप फाइदा मिल्नेछ। थोरै लगानीबाट नाफा पाउन सकिनेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मिहिनेतको उत्कृष्ट प्रतिफल आउनेछ। उच्च पदस्थ व्यक्तिसँगको सम्पर्क र नयाँ आम्दानी स्रोतले भविष्य उज्यालो बनाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापारमा थोरै समय लगानी गर्दा पनि मनग्य आम्दानी हुनेछ। पढाइ, संगीत वा मोडलिङमा सफलता मिल्नेछ। सामाजिक कार्यले प्रतिष्ठा बढ्नेछ। नयाँ काम र बढुवाको सम्भावना छ। पिताको सहयोग र सृजनशीलताले कार्यक्षेत्रमा प्रभुत्व जमिनेछ। भूमि र सम्पत्तिबाट फाइदा हुनेछ। मेहनतबाट नाम, दाम र इनाम पाउने समय हो। सामाजिक दायित्वसमेत बढ्नेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार, सेयर र उद्योगमा लगानीबाट मनग्य धन आर्जन हुनेछ। सानो प्रयासले ठूला उपलब्धि मिल्ने समय हो। धर्म, अध्यात्म र परोपकारमा रुचि बढ्नेछ। खोज तथा नयाँ जिम्मेवारीमा सफलता मिल्नेछ। आत्मविश्वासले लक्ष्य पहिल्याउन सहयोग गर्नेछ। सम्बन्धमा स्पष्टता आवश्यक छ। टाढिएका आफन्त नजिकिनेछन्। भाग्यले साथ दिँदा नाम, दाम र आर्थिक लाभ हात लाग्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कष्ट भावको चन्द्रमाले भौतिक सम्पत्ति प्रयोगमा सावधानी आवश्यक छ। आर्थिक स्थिति कमजोर भएर दैनिकी प्रभावित हुन सक्छ। दिदीबहिनी र साथीभाइसँग मनमुटाव बढ्ने सम्भावना छ। नयाँ ज्ञान र उच्च शिक्षाका अवसर प्राप्त हुनेछन्। परीक्षामा सफलता मिल्दा मन प्रसन्न हुनेछ। काम अधुरो रहन सक्ने भय छ भने स्वास्थ्यमा कमजोरी र खर्च बढ्नेछ। घरेलु समस्या अल्झन सक्ने हुँदा धनमालमा सावधानी अपनाउनुहोला।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    एकल र साझेदारी व्यापारमा लगानीले राम्रो नाफा हुनेछ। पढाइमा सफलता हुँदा आफन्त खुसी हुनेछन्। पारिवारिक यात्रामा स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सामाजिक सञ्जालबाट विचार प्रसार हुनेछ। योजना गोप्य राख्नु र सामानको जिम्मेवारी लिनु आवश्यक छ। बोल्दा समस्या आउन सक्छ। खर्च बढ्न सक्छ तर परिवारको साथले समस्या समाधान हुनेछ। उधारोमा व्यापार गर्नुपर्नेछ। भेटघाटमा अलमलिनाले काममा बाधा आउन सक्छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    समय राम्रो हुँदा मनपर्ने व्यक्तिबाट उपहार प्राप्ति हुनेछ। भौतिक र विलासी वस्तु व्यापार फस्टाउनेछ। पढाइ र न्यायिक निर्णय तपाईंको पक्षमा हुनेछ। पुँजी बजारबाट नाफा मिल्नेछ। प्रतियोगिता परीक्षामा सफलता हुनेछ। प्रशासनिक सहयोगले कार्यमा उन्नति हुनेछ। स्वास्थ्य सबल रहँदा पुरुषार्थले समाजमा स्थापित गरिनेछ। शत्रुहरू पराजित भइ प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ। आर्थिक योजनाहरू कार्यान्वयन भई विशेष उपलब्धि हासिल हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com