मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सााथिभाइ, बन्धुबान्धब तथा ईष्टमित्रको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरि मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेशासँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । उच्च तथा बिशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तिको योग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सोमबार बिहानसम्मको समय मध्यम रहेकोले व्यापार व्यावसायमा लगानी गरेपनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । सोमबार दिउँसोबाट समय राम्रो रहेकोले बुवा तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धन सम्पत्तीको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालनमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । ईच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले व्याक्तिगत स्वार्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । सोमबार दिउँसोबाट राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरि लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैँतिर ल्याउन सकिनेछ । लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साता सुरु र अन्तको समय राम्रो रहेकोले भौतिक स्रोत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । भौतिक सम्पत्ती तथा बिलासी वस्तु प्राप्तीको योग रहेको छ । साथिभाइ तथा प्रेमिकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ । समयअनुसार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अबिश्वास बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुने हुनाले खुशीले उचाई नाघ्नेछ । बिहीबारबाट समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी बाताबरणको ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गर्नुपुर्व आवस्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजादा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरूका लागि आजको दिन मध्ययम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
सोमबार बिहानसम्मको मध्ययम रहेकोले व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानि बढाउन सकिनेछ । भौतिक सम्पत्ती तथा उपाहार प्राप्तीको योग रहे पनि टरेर जानेछ । तर पनि मेहनेत गर्दा ईज्जत प्रतिष्ठामा बृद्धि गर्न सकिनेछ । सोमबार दिउसोबाट सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउँन सहज हुनेछ । बिद्या तथा कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विलासी तथा भौतिक बस्तुका प्रयोग गर्न पाइनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुने तथा व्यावसायकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । प्रेमील जोडीहरूका लागि समयले साथ दिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सोमबार दिउसोसम्मको समय मध्ययम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले बौद्धिक तथा प्राबिधिक ज्ञानको प्रयोग गरि काम गर्दा आम्दानी बढाउँन सकिनेछ । शिक्षा क्षेत्रमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पति तथा बिलासी सम्पति उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउँनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यालयबाट न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिनेहरुका लागि समयले साथ दिनेछ भने चाहेको उपलब्धी हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सोमबार दिउसोबाट बुधबारसम्मको समय मध्यम रहेकोले आफन्त तथा साथिभाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसकेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको सुरु र अन्तको समय मध्ययम रहेकोले शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अबिश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रसङ्गमा मनमुटाब हुने योग रहेकोछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यावसायमा आम्दानी कम हुनाले लगानी गरिहाल्ने समय रहेको छैन । सङ्गीत क्षेत्रमा भने समय राम्रो रहेकोछ । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सोमबार दिउँसोबाट बुधबारबाट समय राम्रो रहेकोले व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोगले नया काम थालनी गरी आर्थिक रूपमा सुदृड हुन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाइनेछ । ईच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोग पाइनेछ । पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । बन्द व्यापारमा लगानी गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सोमबार बिहानसम्मको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकूल बन्नेछ । आफन्त तथा अपरिचित व्याक्तिको बिश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर, पनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागि समय उत्तम रहेको छ । सोमबार दिउँसोबाट समय राम्रो रहेकोले नयाँ प्रविधिको प्रयोगमार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नि वीच बिश्वास बढ्नेछ । होटल, रेष्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यावसाय फस्टाएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रबिधिको उच्चतम् प्रयोग गरि रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारीको अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । सोमबार दिउँसोबाट बुधबार सम्मको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तर पनि लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा नोकरी पाउने योग रहेको छ ।