आज वि.सं. २०८२ साल आषाढ १५ गते, आइतबार तदनुसार इस्वी सन् २०२५ जुन २९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, चतुर्थी तिथी, बिहान ११ः५५ बजेपछि पञ्चमी, अश्लेषा नक्षत्र, चन्द्रराशि-कर्कट, दही चिउरा खाने दिन, राष्ट्रिय धान दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आर्थिक क्षेत्र सशक्त बन्दैछ। व्यापार व्यवसायबाट मनग्गे लाभ मिल्नेछ भने शेयर बजार र वित्तीय लगानीबाट आशानुकूल आम्दानी हुनेछ। जग्गा जमिनबाट लाभ उठ्ने सम्भावना छ। नयाँ व्यावसायिक अवसरहरू प्राप्त हुनेछन्। आत्मबल बढ्नेछ र छोटो अवधिमा फाइदा हात पार्न सकिनेछ। मिहिनेतले दीर्घकालीन आर्थिक सफलता सुनिश्चित गर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिहानको समय फलदायी रहेकाले आर्थिक क्षेत्रलाई सबल बनाउन सहयोगीहरूबाट साथ मिल्नेछ। उत्पादनमुखी व्यवसायबाट आम्दानी बढ्नेछ। नयाँ कार्यका जिम्मेवारी बढ्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापारमा लाभ प्राप्त हुनेछ भने चुनौतीबीच पनि कामको आधार बलियो बन्नेछ। दिनको उत्तरार्धमा स्वास्थ्यका कारण काममा बाधा आउन सक्छ, तर समग्रमा आर्थिक क्षेत्र लाभदायक रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आर्थिक क्षेत्रमा सानो प्रयासले पनि राम्रो लाभ लिन सकिनेछ। उद्योग, व्यापार तथा शेयर बजारमा लगानीले आम्दानी बढाउनेछ। आफन्तसँगको व्यवसायिक सहकार्य फाइदाजनक रहनेछ। बुद्धिको प्रयोगबाट धन आर्जन सम्भव हुनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। तर हिसाबकिताबमा सतर्कता आवश्यक छ। खर्च र परिस्थितिको उतारचढावलाई ध्यानमा राख्दा मात्र दीर्घकालीन आर्थिक फाइदा सुनिश्चित हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आर्थिक क्षेत्र उत्साहजनक छ। आयआर्जनमा वृद्धि हुने संकेत छ भने व्यापार र शेयर बजारमा फड्को मार्ने अवसर प्राप्त हुनेछ। बुद्धि, बोली र विवेकको प्रयोगले आर्थिक निर्णयहरू सफल हुनेछन्। ठूला व्यक्तिको सहयोगले विशेष काम सम्पन्न हुनेछ। नयाँ कामको थालनीले दीर्घकालीन फाइदा दिलाउनेछ। मिहिनेतले सम्मान र आम्दानी दुवै बढाउनेछ। अवसरको सदुपयोग गर्दा अर्थतन्त्र सशक्त बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। क्षमताको प्रदर्शनले नामसँगै दाम कमाउने अवसर मिल्नेछ। व्यापारमा लाभ हुनेछ भने नयाँ कामको प्रस्तावले भविष्यका लागि सम्भावना बढाउनेछ। मेहनत र जुझारु शैलीले लक्ष्यमा पुग्न सहयोग पुर्याउनेछ। बौद्धिक क्षमता र बोलिचालीको प्रभावले आर्थिक क्षेत्र सबल बन्नेछ। अवसरको सदुपयोग गरेमा दीर्घकालीन आर्थिक लाभ सुनिश्चित हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज आर्थिक क्षेत्र सशक्त देखिन्छ। बिहानको समयमा काम र व्यवसायमा राम्रो प्रस्तुति रहनेछ, जसले आम्दानी वृद्धि र आर्थिक स्थायित्व ल्याउनेछ। वैदेशिक रोजगारी र यात्रामा अवसर प्राप्त हुनेछ। लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ, तर खर्चसहित फाइदा हुने सम्भावना छ। कर्जामार्फत धन जुट्नेछ। यद्यपि स्वास्थ्य र कमजोर पक्षप्रति सजग रहनु आवश्यक छ, नत्र अरूले त्यसको फाइदा उठाउन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन आर्थिक रूपमा आशाजनक छ। ईमानदारी र मिहिनेतले काममा सफलता मिल्नेछ भने आम्दानीका नयाँ स्रोत पहिचान हुनेछन्। शिक्षा, शेयर बजार र वित्तीय क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ। पहिल्यैको आम्दानी प्राप्त भई उत्साह बढ्नेछ। नोकरी र व्यवसायमा प्रतिष्ठा र लाभ दुवै पाइनेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त भई दीर्घकालीन आर्थिक जग बस्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक तथा सामाजिक क्षेत्र दुवैमा सक्रियता देखिनेछ। नेतृत्वदायी भूमिकाबाट प्रतिष्ठा बढ्नेछ भने व्यापार, शेयर र कृषि–पशुपालनमा लगानीले मनग्गे लाभ दिलाउनेछ। नयाँ काम सुरु गर्ने र भविष्यका लागि आर्थिक जग बसाउने उपयुक्त समय हो। प्रविधिको प्रयोगबाट अध्ययनमा सुधार हुनेछ। चुनौतीबीच पनि अवसर देखिनेछ, तर निर्णयमा सतर्कता आवश्यक छ। श्रमको प्रतिफलले दीर्घकालीन आर्थिक लाभ दिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन आर्थिक दृष्टिले अत्यन्त शुभ छ। आकस्मिक रूपमा धन तथा सम्पत्ति प्राप्त हुने सम्भावना रहेको छ। व्यापार, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट प्रतिफल प्राप्त हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू विकास हुनेछन्। सानो प्रयासले पनि ठूलो फाइदा हुनेछ। अध्ययन र अनुसन्धानमा प्रगति हुनेछ भने सामाजिक र धार्मिक क्षेत्रमा सक्रियता बढ्नेछ। दीर्घकालीन फाइदा हुने योजनाहरू आज सुरू गर्न उपयुक्त समय हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिहानको समय राम्रो भएकाले व्यापारमा लगानी बढाएर मनग्गे लाभ लिन सकिनेछ। अध्ययन र यात्रामा प्रगति हुनेछ भने सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले प्रभाव बढाउनेछ। साझेदारी व्यापार र राजनीतिक क्षेत्रमा फाइदा मिल्नेछ। तर मध्यान्हमा गोप्य रिपोर्ट बाहिरिनाले प्रतिष्ठामा असर पर्न सक्छ। स्वास्थ्यमा सजग भएर काममा ध्यान दिनुपर्छ। विवादास्पद जिम्मेवारी र समय व्यवस्थापनमा चुनौती रहला, तर मेहनतले सफल बनाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक सम्पत्ति र ब्राण्डेड वस्तुको व्यापार फस्टाएर मनग्गे धन आर्जन हुनेछ। शैक्षिक तथा व्यावसायिक यात्राको अवसर छ भने काममा बढुवा र सफलताको योग छ। जीवन साथीको सहयोगले काममा प्रगति हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। तर भेटघाट र लेनदेनमा सावधानी अपनाउनुपर्छ, किनभने झमेला र विवाद हुने सम्भावना छ। नयाँ योजना कार्यान्वयनमा केही समय लाग्नेछ। कर्जा र उधारोमा चनाखो रहन आवश्यक छ। नियमित कामबाट स्थिर लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार र शेयर बजारमा लगानी बढाएर आम्दानीका स्रोतहरू वृद्धि गर्न सकिनेछ। पुराना रोग ठीक हुँदै स्वास्थ्य सुधार हुनेछ। मामा–मावलीको सहयोगले काममा सहजता आउनेछ। पढाइमा अग्रता हासिल हुनेछ भने अदालतको निर्णय पनि तपाईँको पक्षमा आउनेछ। पारिवारिक सद्भाव कायम रहँदा नयाँ काम थाल्न उपयुक्त समय छ। तर उधारोमा व्यापार गर्नुपर्ने र अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। लक्ष्यमा समय लाग्ने भए पनि मिहिनेतले सफलता दिलाउनेछ।