शनिबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्त हुने अवसर ?

शनिबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्त हुने अवसर ?

शनिवार, असार १४ २०८२
शनिवार, असार १४ २०८२
  • शनिबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम, इनाम र प्रतिष्ठा प्राप्त हुने अवसर ?

    आज वि.सं. २०८२ साल आषाढ १४ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ जुन २८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायण, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, तृतीया तिथी, तिष्य नक्षत्र, आनन्दादिमा–मित्र योग, चन्द्रराशि–कर्कट ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    खाद्यान्न, औषधी र अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि भई आम्दानी बढ्नेछ। नयाँ रोजगारीको सम्भावना देखिन्छ भने नविन व्यवसायिक अवसरहरू खुल्नेछन्। तर, अनपेक्षित घाटाको जोखिम पनि रहन सक्छ। हतारको निर्णयले समस्या आउन सक्ने भएकाले सावधानी आवश्यक छ। समग्रमा आर्थिक क्षेत्र चलायमान रहनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    उद्योग र व्यापारमा विशेष फाइदा हुने योग छ। पुरुषार्थ र कर्मयोगको फलस्वरूप नाम, दाम र इनाम आर्जन हुनेछ। सहयोगीको साथ र अग्रजको समर्थनले योजनाहरू सफल बन्नेछन्। चुनौतीहरूसँग जुध्दै नयाँ अवसर फेला पर्नेछन्। मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। आर्थिक पक्ष सबल रहनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार व्यवसाय फस्टाउँदै नयाँ प्रस्तावहरू आउनेछन्। थोरै प्रयासले ठूलो आर्थिक उपलब्धि हासिल हुनेछ। बुद्धि र बोलीको सदुपयोगले धन तथा प्रतिष्ठा आर्जन हुनेछ। मिहिनेतले इनाम, नाम र दाम दिलाउनेछ। सहयोगीको साथले रोकिएका आर्थिक काम बन्नेछन्। समयको सही व्यवस्थापनले लाभदायक परिणामहरू ल्याउनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    खाद्यान्न, निर्माण सामग्री र अटो सम्बन्धी व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। कीर्तिमानी काममार्फत नाम र दाम कमाइनेछ। आँटेका काम सफल भई नयाँ आर्थिक प्रस्तावहरू प्राप्त हुनेछन्। सहयोगीहरूको साथले व्यवसायिक योजनाहरू अघि बढ्नेछन्। सावधानीपूर्वक निर्णय लिएमा आर्थिक सफलता सम्भव छ। चुनौतीबीच पनि अवसर पहिचान गर्न सकिनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विदेशी सामानको आयात–निर्यातबाट व्यापार विस्तार हुने सम्भावना छ। स्वास्थ्य सामग्री र खाद्यान्न व्यापारबाट नाफा कमाइनेछ। नयाँ आयस्रोत खुल्नेछ तर आकस्मिक खर्च र आम्दानीमा उतारचढाव आउन सक्छ। सावधानी नअपनाउँदा जरिवाना वा घाटाको सम्भावना रहन्छ। लगानी दोहोर्याएर गर्नुपर्ने र तत्काल लाभ नआउने संकेत देखिन्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापार व्यवसायमा लगानीबाट आम्दानीका स्रोत बढ्नेछन्। श्रमको उचित मूल्यांकन भई दिगो कामको अवसर प्राप्त हुनेछ। नयाँ रोजगारी तथा आम्दानीको अवसर खुल्नेछ, तर लाभ तत्काल नआउन सक्छ। कर्जामार्फत आवश्यक धन जुटाइनेछ। सवारी र सम्पत्तिमा फाइदा हुने समय छ। खर्च र आम्दानीको सन्तुलन आवश्यक हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    नयाँ कामको सुरुवातले नाम र दाम दुबै दिलाउनेछ। व्यवसायमा फाइदा हुने संकेत छ भने विभिन्न अवसरको सदुपयोगले आर्थिक लाभ बढ्नेछ। पदासीन व्यक्तिसँगको सम्बन्धले भविष्यका लागि आर्थिक जग बलियो बन्नेछ। मिहिनेतले लक्ष्यमा पुर्‍याउनेछ, तर आत्मविश्वास र विवेकपूर्ण निर्णयले मात्र दिगो सफलता सम्भव हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार व्यवसाय फस्टाउँदै दिगो योजनाबाट लाभ मिल्नेछ। सानो प्रयासले पनि राम्रो नतिजा आउने समय छ। नयाँ नोकरी र खोज अनुसन्धानबाट आर्थिक फाइदा सम्भव छ। तर, गोपनीयता नफुकाउने हो भने मात्र फाइदा टिकाउ हुनेछ। कमजोरी प्रकट भएमा प्रतिष्ठामा असर पर्न सक्ने भएकाले सतर्कता आवश्यक छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नसोचेको धन र सम्पत्ति प्राप्तिको योग छ। व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने आफन्तको सहयोगले आर्थिक कार्य सफल हुनेछन्। बृहस्पतिको शुभ प्रभावले लेखन तथा सृजनात्मक क्षेत्रमा आम्दानी बढ्न सक्छ। तर, फजुल खर्च र लेनदेनमा नोक्सानीको सम्भावना छ। गोपनीयता र कानुनी सावधानी अपनाउनु जरुरी हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    निर्माण सामग्री र खाद्यान्न व्यापार फस्टाउनेछ, जसले दैनिकी सुदृढ बनाउनेछ। प्रविधिको सदुपयोगले व्यापार र जनसम्पर्कमा लाभ हुनेछ। लामो दूरीको यात्रा सम्भावित छ तर यात्राले खर्च बढाउन सक्छ। मान–सम्मानसँगै आतिथ्य खर्चिलो हुनेछ। आर्थिक चुनौतीहरू आउन सक्ने भएकाले खर्च र आयमा सन्तुलन आवश्यक छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ भने सामाजिक सञ्जाल र प्रविधिले प्रचारमा मद्दत गर्नेछ। मिहिनेत र आँटले चुनौतीलाई पार गरी सफलता दिलाउनेछ। दिगो लाभ हुने कामको अवसर छ। परिवार र मित्रताले साथ दिनेछन्। रोग र शत्रुलाई पराजित गर्दै प्रतिस्पर्धामा पनि विजयी बन्न सकिनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार व्यवसाय फस्टाउनेछ र नयाँ आर्थिक अनुबन्ध सोचविचार गरेर गर्नु उपयुक्त हुनेछ। भोगविलासका वस्तु खरिदको समय छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ भने शत्रु पराजित हुनेछन्। अध्ययन र यात्राले सकारात्मक प्रभाव पार्नेछ। प्रारम्भिक समस्याका बावजुद पछि लाभदायक काम अघि बढ्नेछ। गुरुजन र सन्तानको सहयोगले सफलताको मार्ग खुल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय