नेपाली समाजको विविधता र मनोरञ्जनको सङ्गम ‘धनपुरे टोल’

नेपाली समाजको विविधता र मनोरञ्जनको सङ्गम ‘धनपुरे टोल’

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • नेपाली समाजको विविधता र मनोरञ्जनको सङ्गम ‘धनपुरे टोल’

    काठमाडौँ / जैविक विविधता र सांस्कृतिक रङले भरिएको दक्षिण एशियाको सुन्दर मुलुक नेपाल, जहाँको भूगोल सानो भए पनि नेपालीको विशाल मन, गहिरो संस्कृति र अनेक जातजातिको सहअस्तित्वले यो देशलाई विशेष बनाएको छ।

    images
    images

    त्यहीँ विविधता र मौलिकताको प्रतिनिधित्व गर्ने नयाँ टेलिभिजन सिरियल ‘धनपुरे टोल’दर्शकमाझ आउने तयारीमा छ।

    हिमाल, पहाड, तराई र चुरे क्षेत्रका विभिन्न पात्र, चेतना र प्रवृत्तिको मिश्रण समेटिएको यो सिरियल नेपाली समाजको यथार्थ चित्रण गर्न केन्द्रित छ।

    ‘धनपुरे टोल’ एउटा यस्तो कल्पित बस्ती हो, जहाँ फरक सोच, भिन्न पेशा, र विविध व्यवहारका मानिसहरू एउटै समाजमा बसोबास गर्छन्।

     यहाँ कहिले झगडा, कहिले हाँसो, कहिले आँसु त कहिले मिठास मिसिएको सहजीवन पाइन्छ। 

    टोलमा धन भएका र धन नभएका दुवैले आ–आफ्नो जीवन बाँचिरहेका छन् — यही सङ्घर्ष र सौन्दर्य नै सिरियलको मुख्य कथा हो।

    सिरियल एडी रिलिजको प्रस्तुति हो, जसलाई एपिवान एचडी टेलिभिजन र इयच डिजिटल युट्युब च्यानलमार्फत प्रशारण गरिनेछ। 

    लोकप्रिय कलाकारहरू सम्मिलित यो श्रृङ्खलालाई एक खारिएका निर्देशकले निर्देशन गरिरहेका छन्, जसले मनोरञ्जनमा कुनै कमी नहुने निर्माण पक्षको दावी छ।

    ‘धनपुरे टोल’ सिरियल दर्शकलाई हास्य, व्यङ्ग्य, यथार्थता र गहिरो सामाजिक सन्देश दिँदै टोल–टोलका कथालाई पर्दामा उतार्ने प्रयास हो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय