शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • images
    images
    शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज वि.सं.२०८२ साल आषाढ १३ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ जुन २७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, द्वितीय तिथी, करण–कौलव, आनन्दादिमा–लुम्ब योग, चन्द्रराशि–कर्कट ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    राजनीति र समाजसेवामा लाग्नेलाई आलोचना सामना गर्नु पर्नेछ। व्यापारमा मन्दी देखिए पनि घरजग्गा र सवारी कारोबारबाट राम्रो आम्दानी हुनेछ। कृषिमा लगाव बढ्नेछ। युवाहरूले गैरकानुनी कामबाट टाढा रहनु उपयुक्त हुनेछ। आफन्तसँग समय बिताउने अवसर मिल्नेछ भने दोहोरिएको प्रयासले सफलतामा पुर्‍याउनेछ। आर्थिक निर्णय सोचविचार गरेर गर्नु बुद्धिमानी हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    राम्रा र परिणाममुखी कामले समाजमा सकारात्मक प्रभाव पार्नेछ। व्यापार र उद्योगमा सफलता हात लाग्नेछ भने आकस्मिक धनलाभले आत्मविश्वास बढाउनेछ। अध्ययन, लेखन र सामाजिक परिवर्तनमा सक्रिय भूमिका रहनेछ। सहयोगीहरूको साथले लक्ष्य पूरा हुनेछन्। भौतिक साधन जुट्नेछन्। प्रतिस्पर्धाबाट सतर्क रहँदै लोकप्रिय कार्यमा केन्द्रित हुनुपर्छ। आर्थिक वृद्धि सम्भव देखिन्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सहकार्यमा कमजोरी देखिए पनि आत्मविश्वास र योजना अनुसार काम गर्दा नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापारमा मन्दी रहे पनि बौद्धिक अभिव्यक्तिको कदर बढ्नेछ। बोलीको प्रभाव आर्थिक लाभमा परिणत हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने आम्दानीका स्रोत विस्तार हुनेछन्। नयाँ र दिगो फाइदाका काम सुरु गर्ने राम्रो समय हो।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    प्रतिस्पर्धा र अध्ययनमा सफलता हात लाग्नेछ। व्यापारमा आम्दानी बढ्दै आर्थिक पक्ष सुदृढ हुनेछ। राजनीति र समाजसेवामा जनसमर्थन प्राप्त भई पदको सम्भावना देखिन्छ। करियरमा सुधार र नयाँ अवसरहरू आउनेछन्। बौद्धिक क्षमताको प्रशंसा हुनेछ भने व्यक्तित्व निखारिनेछ। लगनशीलताले मानसम्मान र दीर्घकालीन फाइदा दिलाउनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    खर्च बढे पनि उपलब्धिमूलक काम सम्पन्न हुनेछन्। विदेशी व्यापार र विदेश यात्रा सफल हुने संकेत छन्। व्यवसायमा धैर्य राखी निर्णय गर्नुपर्छ, हतार नगर्नु उचित हुनेछ। अध्ययनमा ध्यान दिनु आवश्यक छ, नत्र पछि पर्न सकिन्छ। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्। आफन्तको साथ र कर्जा सहयोगबाट आर्थिक समस्या समाधान हुन सक्छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    पैत्रिक सम्पत्ति र प्राकृतिक स्रोतको उपयोगबाट आम्दानी बढ्नेछ। बैंक तथा वित्तीय व्यवसायबाट राम्रो लाभ हुनेछ। चल(अचल सम्पत्तिको सदुपयोगले आर्थिक बलियोपन आउनेछ। प्रतीक्षित काम सफल भई उत्साह बढ्नेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ। मिहिनेतले दिगो आम्दानीको आधार तयार हुनेछ। ऋण चुक्ता गर्ने अवसर मिल्नेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    राम्रा कामले समाजमा प्रतिष्ठा बढ्नेछ। व्यापार फस्टाउँदै नयाँ योजना सफल हुनेछन्। अध्ययन र व्यावसायिक यात्राबाट प्रगति हुनेछ। सार्वजनिक सहयोग र साथीभाइको समर्थनले लक्ष्य पूरा गर्न सजिलो हुनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ भने विशिष्ट व्यक्तिको साथले अवसर थपिनेछन्। लगनशीलताले कीर्तिमानी सफलता र आर्थिक लाभ दिलाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कल्याणकारी र तारिफयोग्य काममार्फत समाजमा लोकप्रियता हासिल हुनेछ। भाग्यको साथले सानो प्रयासले ठूला उपलब्धि दिलाउनेछ। लेखन र आध्यात्मिक रुचिबाट व्यक्तित्व निखारिनेछ। कार्यक्षेत्रमा उत्साह बढ्नेछ, चुनौती सहज लाग्नेछन्। दिगो फाइदा हुने योजनामा सफलता मिल्नेछ। सामाजिक दायित्व पूरा गर्दै प्रतिष्ठा र प्रगति हासिल हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    अप्रत्याशित धन लाभ र चिट्ठा जित्ने सम्भावना रहेको यस समयमा आफन्त र शुभचिन्तकको सहयोगले अघि बढ्न सहज हुनेछ। व्यावसायिक यात्रा सफल हुन सक्छ भने कर्मफलले सन्तोष मिल्नेछ। तर धैर्य र पराक्रम कमजोर हुनसक्ने भएकाले विवाद र आर्थिक तनावको सम्भावना छ। स्वास्थ्य र धनको सुरक्षामा ध्यान दिनु आवश्यक हुनेछ। सफलता पाउन प्रयास दोहोर्याउनु पर्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    जीवन साथीको साथले व्यवसाय र पढाइमा प्रगति हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ भने व्यापार विस्तारका लागि यात्राको योजना बनाउने अवसर छ। आत्मविश्वास र मानसिक ऊर्जा उच्च रहनेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ र परिवारसँग रमाइलो भेटघाट हुनेछ। नयाँ कामले आर्थिक लाभ बढाउनेछ र भौतिक साधन जुटेर दिगो सफलताको बाटो खुल्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    लामो दुरीको अफिसियल यात्रा सफल हुनेछ र महत्वपूर्ण उपलब्धि हात लाग्ने ग्रहयोग छ। माया–प्रेम र सन्तानको प्रगतिले खुशी मिल्नेछ। पढाइमा अग्रता र व्यापार व्यवसायमा लाभ हुनेछ। वित्तीय सहयोग पाइनेछ भने भौतिक साधन जुटेर दिगो कामको सुरुवात हुनेछ। शत्रु परास्त र विवादमा विजय सम्भावना छ। प्रयत्न र परिश्रमले लक्ष्य प्राप्ति हुने समय हो।

     

     

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अध्ययनमा सफलता हात लाग्नेछ र लामो यात्रा हुने सम्भावना छ। परिवार र सन्तानको सहयोगले व्यापार र सेवामूलक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। कानुनी पक्ष बलियो हुनेछ र रोकिएका काम पुनः सुचारू हुनेछन्। रचनात्मक कार्यमा जुटेर दिगो फाइदा मिल्नेछ। बुद्धि र मेहनतले सम्मानित स्थान दिलाउनेछ भने अध्ययनले ज्ञान निखार्ने अवसर प्रदान गर्नेछ।

     

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com