समृद्धि फाइनान्सका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

समृद्धि फाइनान्सका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बिहिवार, असार १२ २०८२
बिहिवार, असार १२ २०८२
  • समृद्धि फाइनान्सका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    समृद्धि फाइनान्सका चार शाखाहरू गैर, औरही, मधुवन र खरेन्द्रपुरले आ–आफ्नो दोस्रो वार्षिकोत्सव हालैको हप्ता उल्लासपूर्वक सम्पन्न गरेका छन्।

    images
    images

    समृद्धिको यात्रामा साथ दिँदै आएका ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै वार्षिकोत्सव समारोहका अवसरमा शाखाले आफ्ना प्रमुख ग्राहकहरूलाई विशेष रूपमा आमन्त्रण गरेको थियो । 

    कार्यक्रममा शाखाको हालसम्मको प्रगति र वित्तीय जानकारी पनि प्रस्तुत गरियो।

    उक्त अवसरमा, अहिलेसम्म दिएको साथ र विश्वासप्रति सम्पूर्ण ग्राहकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरियो। 

    आगामी दिनहरूमा पनि सबैको माया र साथको अपेक्षा राख्दै अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय समुदायसँगको आत्मीय सम्बन्ध, समर्पण र विश्वासमा आधारित यस प्रकारका उत्सवहरूले समृद्धि  फाइनान्सलाई अझ बलियो बनाउँदै लैजाने विश्वास लिइएको छ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय