बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

बिहिवार, असार १२ २०८२
बिहिवार, असार १२ २०८२
  • images
    images
    बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?
    images
    images

    आज मिति वि.सं.२०८२ साल आषाढ १२ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ जुन २६ तारिख, नेपाल संवत् ११४५,सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, प्रतिपदा तिथी, आर्द्रा नक्षत्र, आनन्दादिमा–काण योग, चन्द्रराशि–मिथुन ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    सानो लगानी र मिहिनेतबाट व्यापारमा मनग्य लाभ हुनेछ। आफन्तसँगको साझेदारी तथा शेयर बजारबाट आम्दानी बढ्नेछ। उद्योगमा लगानी बढाउँदा राम्रो प्रतिफल मिल्ने संकेत छन्। नयाँ र दिगो योजनाको सुरुवातको राम्रो समय हो। सेवामूलक र रचनात्मक कामबाट प्रतिष्ठा र आर्थिक स्थायित्व प्राप्त हुने सम्भावना छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    चन्द्रमाको गोचरले धनस्थान सबल बनेको छ, जसले नयाँ व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ। सञ्चार, काउन्सेलिङ, लेखन र मोटिभेसन पेसामा सक्रियहरूलाई राम्रो अवसर मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ भने विलासी वस्तु उपभोग गर्न सकिनेछ। मिहिनेतले प्रतिष्ठा र सम्मान दिलाउनेछ। बुद्धिमत्ताले विद्या र आम्दानी दुवै बढ्ने समय हो।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    व्यवसाय, शेयर बजार र पेशागत क्षेत्रमा लगानी बढाउँदै राम्रो लाभ कमाउन सकिने समय हो। अनुभव र मेहनतको भरमा प्रतिष्ठा र पद प्राप्तिको सम्भावना देखिन्छ। रचनात्मक तथा साहसिक कामबाट आर्थिक तथा सामाजिक दुवै प्रतिष्ठा बढ्नेछ। पुराना कमजोरी सुधार्दै नयाँ काम सुरु गर्न उपयुक्त समय हो। सहयोगी साथ र हौसलाले सफलता सुनिश्चित हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    विदेश यात्रा, रोजगार वा अध्ययनका दृष्टिले अनुकूल समय भए पनि खर्च र कानुनी पक्षमा सतर्क रहनुपर्ने देखिन्छ। वैदेशिक लगानी वा सामान आयातबाट लाभ मिल्नेछ भने व्यवसायमा लगानी बढाउनु उपयुक्त हुनेछ। तत्काल लाभभन्दा दीर्घकालीन योजना लाभदायक हुनेछ। समय व्यवस्थापन र खर्च नियन्त्रण गर्न सकेमा आर्थिक सफलता हात पर्ने सम्भावना प्रबल छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    भौतिक सम्पत्ति, सरकारी वा पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना बलियो छ। कृषि, पशुपालन तथा नयाँ आम्दानी स्रोत विस्तार गरी आर्थिक वृद्धि सम्भव हुनेछ। दीर्घकालीन योजना तयार पार्ने उपयुक्त समय हो। व्यावसायिक चुनौती मिहिनेतले पार गर्न सकिनेछ। तर, असावधानीले अवसर गुम्न सक्छ। स्वार्थी सहयोगीबाट सतर्क रहँदै, बौद्धिकता र सल्लाहको प्रयोगले आर्थिक सफलता मिल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    व्यवसायलाई आधुनिक बनाउँदै माता(पिताको सम्पत्ति र स्रोतको सदुपयोग गरी मनग्य आम्दानी गर्न सकिने समय हो। कृषि, पशुपालन र सेवामूलक क्षेत्रमा लगानी फस्टाउनेछ। नोकरी र व्यापार दुवैमा उन्नति सम्भव छ। प्रतिष्ठित व्यक्तिसँगको सम्पर्क र सामाजिक समर्थनले आर्थिक लाभ बढ्नेछ। मिहिनेत र आँटले नाम, दाम, इनाम तीनै दिलाउने उत्कृष्ट अवसरको समय हो।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    विद्यार्थीले पढाइमा प्रगति गर्नेछन् भने धर्म, अध्यात्म र सामाजिक सेवा क्षेत्रमा सक्रियता बढ्नेछ। बन्द व्यापार पुनः सञ्चालनमा आएर लाभ दिनेछ भने नयाँ लगानीका अवसर सिर्जना हुनेछन्। प्रशासनिक र सरकारी क्षेत्रमा प्रभाव जमाउने समय हो। पिताको सहयोग, नियमित प्रयास र सामाजिक योगदानबाट आयआर्जन बढ्नेछ। तर, सफलता अरूले पाखेरो लगाउन सक्ने भएकाले सजग रहनु आवश्यक छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    व्यवसायमा ध्यान नदिँदा घाटा हुने सम्भावना छ, र समयको सही व्यवस्थापन नगर्दा आर्थिक दबाब बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउँदा उपचार खर्च बढ्नेछ। आफन्तबीचको असमझदारीले पारिवारिक तथा आर्थिक असर पुर्याउन सक्छ। गोपनीयता र सम्पत्तिमा विवाद हुन सक्ने भएकाले सतर्कता आवश्यक छ। अनावश्यक खर्च र प्रयासबाट जोगिँदै पुनः प्रयासमा लागे मात्र बिग्रिएको स्थिति सुधारिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    नयाँ सवारी साधन तथा भौतिक सम्पत्ति जोड्न उपयुक्त समय हो। सामूहिक लगानीबाट सुरु गरिने व्यापार फस्टाउँदै मनग्य लाभ दिलाउनेछ। व्यापारिक विस्तारसँगै जीवनस्तर सहज र समृद्ध बन्नेछ। पारिवारिक र सामाजिक साथ–सहयोगले उत्साह बढ्नेछ। नयाँ योजना कार्यान्वयनको चरणमा पुग्नेछ। भौतिक साधनको उपलब्धताले व्यवसायिक काम सहज र लाभदायक बन्ने सम्भावना प्रबल छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    शुभकार्य र विवाहमा सहभागिता गरी मिष्टान्न भोजनको अवसर पाइनेछ। प्रेमील जोडीलाई यात्रा र नजिकिने समय छ। अध्ययन, काम वा नोकरीमा पदोन्नति र नयाँ अवसर मिल्नेछ। न्यायिक निर्णय तपाईँको पक्षमा हुनेछ। वित्तीय लगानीबाट मनग्गे आम्दानी सम्भावना छ। मेहनत र हिम्मतले काम सफल बनाउनेछ, प्रतिस्पर्धीलाई पछि पारेर मित्रता बढाउने अवसर छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    सवारी साधन प्रयोगमा सतर्कता अपनाउनुपर्छ, अप्रिय घटना नहोस् भनेर ध्यान दिन आवश्यक छ। व्यापार र पढाइमा समय नदिँदा घाटा र पछाडि पर्न सकिने चिन्ता छ। दाम्पत्य जीवनमा समस्या आउन सक्छ। तर, मेहनत र आत्मबलले शैक्षिक र व्यावसायिक क्षेत्रमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्ने र दिगो लाभ हुने काम सुरु गर्ने समय हो।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    घरपरिवारमा मनमुटाब र पढाइमा कमजोरी देखिनेछ। कृषि र पशुपालन व्यवसायबाट राम्रो आम्दानीको संभावना छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ भने प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहला। तर, अवसरवादी र असमझदारीले समस्या ल्याउन सक्छ। मिहिनेतको फल अरूलाई जान सक्ने भएकाले समयमै सहयोग र सतर्कता आवश्यक छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com