नेशनल लाईफका अध्यक्ष सिंहले लिइन पद तथा गोपनियताको सपथ

नेशनल लाईफका अध्यक्ष सिंहले लिइन पद तथा गोपनियताको सपथ

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • images
    images
    नेशनल लाईफका अध्यक्ष सिंहले लिइन पद तथा गोपनियताको सपथ
    images
    images

    काठमाडौं/  नेशनल लाइफ इन्स्योरेन्सका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले  पथ तथा गोपनियताको सपथ लिएकी छन् । उनले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट सपथ लिएकी हुन् । 


    अध्यक्ष सिँहलाई  एक कार्यक्रमको बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 


    कम्पनीको २०८२/०३/ ०५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन् । 

    नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष श्रीमती सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।

    श्रीमती सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र संचालक समितिकोतर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन् । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकोतर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिति थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com