INFINIX ले GT 30 PRO ल्यायो नेपालको सबैभन्दा धमाकेदार PUBG WATCH PARTY मा !

INFINIX ले GT 30 PRO ल्यायो नेपालको सबैभन्दा धमाकेदार PUBG WATCH PARTY मा !

बुधवार, असार ११ २०८२
बुधवार, असार ११ २०८२
  • INFINIX ले GT 30 PRO ल्यायो नेपालको सबैभन्दा धमाकेदार PUBG WATCH PARTY मा !

    नेपालको मोबाइल गेमिङ दुनियाँमा एउटा नयाँ अध्याय सुरु भएको छ। Infinix Nepal ले आफ्नो बहुप्रतीक्षित गेमिङ स्मार्टफोन GT 30 Pro नेपाली बजारमा रु. ४७,९९९ मा सार्वजनिक गरेको छ।

    images
    images

    यस विशेष सार्वजनिक कार्यक्रम असार ७ गते भक्तपुरको Infinity Lounge मा सम्पन्न 2025 PUBG MOBILE Super League (PMSL) CSA Spring Finals Offline Watch Party मा गरिएको थियो। नेपालमै अहिलेसम्मकै सबैभन्दा ठूलो ईस्पोर्ट्स कार्यक्रमका रूपमा चिनिएको यस इभेन्टमा देशभरिका शीर्ष गेमर, स्ट्रिमर र PUBG Mobile फ्यानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    GT 30 PRO – ओरिजिनल गेमरहरूका लागि बनाइएको स्मार्टफोन

    Infinix GT 30 Pro लाई विशेषतः गेमरहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यसको प्रमुख विशेषताहरूमा:

    Dimensity 8350 Ultimate (5.5G) प्रोसेसर – उच्च गतिमा गेमिङ सुनिश्चित

    १६GB RAM (८+८GB Extended) र २५६GB स्टोरेज – निर्बाध मल्टिटास्किङ

    GT ट्रिगरहरू – कन्सोल जस्तै कन्ट्रोल अनुभव

    १४४Hz 1.5K AMOLED डिस्प्ले – रिफ्रेशिङ रेसको अनुभव

    ५०००mAh ब्याट्री + ४५W फास्ट र ३०W वायरलेस चार्जिङ

    १०८MP रियर क्यामेरा र १३MP फ्रन्ट क्यामेरा

    Mechanical Light Wave Design – स्टाइल र परफर्मेन्स दुवैमा अग्रणी

    XOS 15 (Android™ 15 आधारित) – प्रयोगमैत्री सफ्टवेयर अनुभव

    १५ महिनाको वारेन्टी – भरपर्दो सेवा सुनिश्चितता

    GT 30 Pro तीन आकर्षक रंग विकल्प – Shadow Ash, Blade White र Dark Flare मा उपलब्ध छ।

    नेपालमा ईस्पोर्ट्स-रेडी स्मार्टफोनको अग्रणी ब्रान्ड

    GT 20 Pro को सफलतापछि Infinix ले GT 30 Pro को लञ्चमार्फत पुनः प्रमाणित गरेको छ कि उनीहरू केवल स्मार्टफोन निर्माता हैनन्, नेपालमा ईस्पोर्ट्स प्रवर्द्धन गर्ने अग्रणी ब्रान्ड हुन्। PMSL Watch Party मा गरिएको यो लञ्चले Infinix लाई "नेपालको पहिलो ईस्पोर्ट्स-रेडी स्मार्टफोन ब्रान्ड" को रूपमा स्थापित गरेको छ।

    GT 30 Pro अहिले नेपालभरका आधिकारिक विक्रेताहरू र अनलाइन स्टोरहरूमा उपलब्ध छ।

    यो केवल फोन लञ्च होइन – यो त ओरिजिनल गेमर (OG) हरूको युगको सुरुवात हो!

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय